logo

२०८१ पुष २५ बिहिबार

logo
  • बिहिबार, २५ पुष २०८१
  • सर्लाही कांग्रेसमा मारामार निर्वाचन अधिकृतमाथि हातपात

    सर्लाही कांग्रेसमा मारामार निर्वाचन अधिकृतमाथि हातपात

    1.7K
    Shares

    सर्लाही । नेपाली कांग्रेस सर्लाहीमा विवाद हुँदा हातहालाहाल भएको छ । अधिवेशनका लागि सर्लाहीमा खटिएका निर्वाचन अधिकृतमाथि कांग्रेसकै एक समूहले हातपात गरेका हुन्।

    पार्टी कार्यालयमा रहेका बेला घेरा हालेर निर्वाचन अधिकृत दिवाकरराज पाण्डेलाई काँग्रेसको एक समुहले उनलाई हातपात गरेका थिए । अधिवेशनका लागि मतदान अधिकृतहरू खटाउने विषयमा कुराकानी भइरहेका बेला निर्वाचन अधिकृतमाथि नै हातपात भएको सर्लाही कांग्रेस सभापति नागेन्द्रकुमार रायले बताए।

    निर्वाचन अधिकृतलाई चप्पललगायतले हातपात गरेका घेराबाट निकालेर उहाँलाई आफूले सुरक्षीत राखेको उनले बताए ।  कांग्रेस सांसद अमरेशकुमार सिंह समर्थित टोलीले निर्वाचन अधिकृतमाथि हातपात गरेको आरोप छ। सर्लाहीमा पहिलेका निर्वाचन अधिकृतले राजीनामा दिएपछि केन्द्रीय निर्वाचन समितिले पाण्डेलाई नयाँ निर्वाचन अधिकृतका रूपमा खटाएको थियो।

    सर्लाहीमा सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षधरका कार्यकर्ताबीच क्रियाशील सदस्यता वितरणदेखिकै विवाद रहेको थियो।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2025 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend