logo

२०८१ पुष २५ बिहिबार

logo
  • बिहिबार, २५ पुष २०८१
  • एमाले केपी ओलीकै नेतृत्वमा अघि बढ्ने छ, १०औं महाविधवेशनमा उहाँ सर्वसम्मत अध्यक्ष बन्नुहुन्छ: तामाङ 

    एमाले केपी ओलीकै नेतृत्वमा अघि बढ्ने छ, १०औं महाविधवेशनमा उहाँ सर्वसम्मत अध्यक्ष बन्नुहुन्छ: तामाङ 

    1.5K
    Shares

    काठमाडौं । नेकपा (एमाले) का कार्यालय सचिव तथा पूर्वमन्त्री शेरबहादुर तामाङले पार्टीको १०औं महाधिवेशनबाट वर्तमान अध्यक्ष केपी शर्मा ओली नै सर्वसम्मत् रुपमा अध्यक्षमा निर्वाचित हुने बताएका छन् । शनिबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले अध्यक्ष ओलीकै नेतृत्वमा एमाले अब एक ढिक्का भएर अघि बढ्ने बताएका हुन् ।

    आफुहरु  केपी शर्मा ओलीको नेतृत्वमा नै एमालेलाई अघि बढाउन तयार रहेको बताउँदै पार्टी अध्यक्षमा उहाँ नै सर्वसम्मत हुने जनाए । उनले भने -“अहिले हामी केपी ओलीकै अगुवाईमा अघि बढ्छौं । एमालेभित्रको गुट र सबैखाले समस्या समाधान गर्ने प्रयत्न गरेका छौं । तल्लो तहदेखि उच्च तहसम्म सहमतिको वातावरण छ। म सुरक्षित छु भन्ने भावना सबैमा विकास भएको छ।” पार्टी सदस्यतालाई  आफूहरुले १५ लाख बनाउने भन्दै उनले भने-“महािधवेशनपछि पार्टी सदस्यताको आह्वान गर्दैछौं । अहिले हाम्रो पार्टी सदस्यता ९ लाख माथि छ। महाधिवेशनलगत्तै हामी पन्ध्र लाख बनाउँछौं । हामी एकताबद्ध रुपमा आगामी चुनावमा अघि बढ्छौं ।”

    उनले १०औं महाधिवेशनमा सर्वसम्मत् रुपमा पदाधिकारी चयन गरिने वातावरण बनेको र सहमति नभए चुनावको लागि पनि तयारी अवस्थामा रहेको उनको भनाई छ । उनले महाधिवेशनमा बजेटको हिसाबले साँढे ७ करोड लाग्ने अनुमान गरिएको सुनाए । आम नेता तथा कार्यकर्ताले उत्साहपूर्वक पार्टी कोषमा पैसा जम्मा गरिरहेको र यो चार÷पाँच दिनको अवधिमा करिब २५ लाख जम्मा भैसकेको पनि उनले जनाए । 

    उनले पार्टीमा नेताहरु एक आपसमा झगडा गरेको भन्दा मिलेको र एकताबद्ध भएर अघि बढेको समाचार नै ठूलो हुने बताउँदै  कोरोनाको कारणले धेरै मुलुकका प्रतिनिधिलाई महाधिवेशनमा बोलाउन नसकिएको पनि स्मरण गराए ।  महाधिवेशनमा अतिथिको रुपमा प्रधानमन्त्री शेरबहादुर देउवा लगायत अरु राष्ट्रिय दलका नेताहरुलाई निम्तो गरेको तर, माधव नेपालको पार्टीलाई भने नबोलाएको उनले बताए  । 


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2025 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend