logo

२०८१ मंसिर ११ मंगलबार

logo
  • मंगलबार, ११ मंसिर २०८१
  • म्यानचेस्टर सिटी लाइप्जिगसँग पराजित 

    म्यानचेस्टर सिटी लाइप्जिगसँग पराजित 

    2.7K
    Shares

    काठमाडों । यूईएफए च्याम्पियन्स लिगमा इंग्लिस क्लब म्यानचेस्टर सिटी लाइप्जिगसँग पराजित भएको छ ।

    गएराति भएको खेलमा सिटी लाइपिजगसँग २– १ गोल अन्तरले पराजित भएको हो । यद्यपी, सिटी यसअघि नै च्याम्पियन्स लिगको नकआउट चरणमा स्थान पक्का बनाइसकेको छ ।

    लाइप्जिगको जितमा डोमिनिक सोबोस्लाई र आन्द्रे सिल्भाले समना एक–एक गोल गरे । सिटीका रियाद महारेजले एक गोल फर्काए ।

    खेलको २४औं मिनेटमा सोबोस्लाईले गोल गर्दै लाइप्जिगलाई अग्रता दिलाएका थिए । ७१औं मिनेटमा आन्द्रे सिल्भाले गोल गर्दै लाइप्जिगको अग्रता दोब्बर पारे । ७६औं मिनेटमा महारेजले गोल गर्दै एक गाल फर्काए ।

    यो हारको बावजुत सिटी समूह ‘ए’ मा ६ खेलबाट १२ अंक जोडेर शीर्षस्थानमा रह्यो । लाइप्जिग ७ अंक जोडेर तेस्रो स्थानमा रह्यो ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend