काठमाडौं ।युइएफए च्याम्पियन्स लिगको समूह चरणमा इंग्लिस क्लब लिभरपुलले शतप्रतिशत जित निकालेको छ । समूह चरणको अन्तिम खेलमा इटालियन क्लब एसी मिलानलाई २–१ ले पराजित गर्दै लिभरपुलले समूह चरणमा शतप्रतिशत जित निकालेको हो ।
गएराति भएको खेलमा लिभरपुललाई जित दिलाउनको लागि मोहम्मद सलाह र डिभोक ओरिगीले समन एक(एक गोल गरे । घरेलु टोली मिलानका फिकायो टोमोरीले एक गोल फर्काए ।
खेलको २८ औं मिनेटमा टोमोरीले गोल गर्दै मिलानलाई अग्रता दिलाएका थिए । ३६ औं मिनेटमा सलाहले गोल गर्दै खेल १–१ को बराबरीमा ल्याए ।
खेलको ५५ औं मिनेटमा ओरिगीले गोल गर्दै लिभरपुललाई अग्रता दिलाए । त्यसपछि दुवै टोलीबाट थप गोल हुन नसक्दा खेल लिभरपुलले जित्यो ।
यो जितसँगै लिभरपुले ६ खेलबाट १८ अंक जोडेर समूह ‘बी’को शीर्षस्थानमा रहँदै च्याम्पियन्स लिगको नकआउट चरणमा प्रवेश गर्यो । मिलान चार अंकसहित अंकतालिकाको पुच्छारमा रह्यो ।