logo

२०८१ मंसिर ११ मंगलबार

logo
  • मंगलबार, ११ मंसिर २०८१
  • चेल्सी बराबरीमा रोकिँदा समूह विजेता बन्यो  युभेन्टस

    चेल्सी बराबरीमा रोकिँदा समूह विजेता बन्यो  युभेन्टस

    2.2K
    Shares

    काठमाडौं ।  इंग्लिस क्लब चेल्सी बराबरीमा रोकिँदा इटालियन क्लब युभेन्टस समूह ‘एच’को विजेता बनेको छ। उक्त समूहबाट युभेन्टस र चेल्सी च्याम्पियन्स लिगको प्रि–क्वाटरफाइनलमा पुग्न सफल भएका छन्।

    घरेलु मैदानमा युभेन्टसले स्वीडिस क्लब माल्मोलाई १–० ले पराजित गर्दै समूह विजेता बनेको हो। युभेन्टसको जितमा मोइस किनले पहिलो हाफमा गरेको गोल नै निर्णायक बन्यो। 

    यो जितसँगै समूह विजेता बनेको युभेन्ट्सले ६ खेलबाट १५ अंक जोड्यो। पराजित माल्मो १ अंक जोडेर पुछारमा रह्यो।

    चेल्सी रसियन क्लब जेनिथ सेन्ट पिटर्सवर्गसँग ३–३ गोलको बराबरी खेल्दै अंक बाँड्दा समूह उपविजेता बनेको छ। अन्तिम समयमा सम्हालिन नसक्दा चेल्सीले अंक बाँडेको हो।

    चेल्सीका लागि टिमो वेर्नरले दुई तथा रोमेलु लुकाकुले एक गोल गरे। जेनिथका क्लाउडिनो, सरदार एनमोउन र मागोमेड ओज्डोइभले गोल गरे। पिटर्सवर्गमा बुधबार राति भएको खेलको दोस्रो मिनेटमा नै टिमो वेर्नरको गोलबाट चेल्सीले अग्रता लिएको थियो। 

    त्यसपछि क्लाउडिनोले २८औं र सरदारले ४१औं मिनेटमा गोल गर्दै घरेलु टोलीलाई पहिलो हाफमा २–१ को अग्रता दिलाएका थिए। ६२औं मिनेटमा लुकाकुले गोल गर्दै खेललाई बराबरीमा ल्याए। ८५औं मिनेटमा वेर्नरले दोस्रो गोल गर्दै चेल्सीलाई ३–२ ले अघि बढाए।

    इन्ज्युरी समयको अन्तिमतिर मागोमेड ओज्डोइभले गोल गर्दै घरेलु टोलीलाई हारबाट जोगाए। यो बराबरीसँगै चेल्सी ६ खेलबाट १३ अंक जोडेर दोस्रो स्थानमा रह्यो। जेनिथ ५ अंक जोडेर तेस्रोमा नै रह्यो।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend