logo

२०८१ पुष २६ शुक्रबार

logo
  • शुक्रबार, २६ पुष २०८१
  • कोइराला, सिंह र निधिले मतदानस्थलको निरीक्षण गरे, मतदान सुरु हुन ढिलाइ हुने

    कोइराला, सिंह र निधिले मतदानस्थलको निरीक्षण गरे, मतदान सुरु हुन ढिलाइ हुने

    3.1K
    Shares

    काठमाडौं । नेपाली कांग्रेसको जारी १४औँ महाधिवेशनको नेतृत्वको लागि हुने आज सोमबार बिहान ८ बजे तय भएकोमा मतदान अझै सुरु भएको छैन । तर, सभापतिका  उम्मेदवारमध्येका शेखर कोइराला, प्रकाशमान सिंह र विमलेन्द्र निधिले मतदान स्थलको निरीक्षण गरेका छन्  ।

    कोइराला, सिंह र निधि बिहान फरक–फरक समयमा मतदानस्थल पुगेका थिए । मतदानस्थलमा लामबद्ध भएका प्रतिनिधिहरुसँग उनीहरुले मत मागेका थिए । सभापतिका लागि कोइराला, सिंह र निधिसहित शेरबहादुर देउवा र कल्याण गुरुङ चुनावी मैदानमा छन्  ।

    निर्वाचन समितिका प्रवक्ता जगन्नाथ श्रेष्ठले मतपत्र छाप्न ढिलाइ भएकाले मतदान सुरु हुन नसकेको बताए । मतपत्र छापेर ल्याइएको छ केही छिनमै मतदान हुन्छ, उनले भने । मतदाता मतदान गर्न लामबद्ध भइसकेका छन् । भृकुटीमण्ड, राष्ट्रियसभा गृह र प्रहरी क्लबमा मतदानका लागि व्यवस्था गरिएको कांग्रेस निर्वाचन समितिले जनाएको छ । 

    समितिका अनुसार प्रदेश १, बाग्मती र सुदूरपश्चिम प्रदेशको भृकुटीमण्डप र बाँकी राष्ट्रियसभा गृह र प्रहरी क्लबमा मतदानका लागि व्यवस्था गरिएको हो । 


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2025 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend