logo

२०८१ पुष १९ शुक्रबार

logo
  • शुक्रबार, १९ पुष २०८१
  • Advertisment

    Sunaulo Nepal

    स्कुल बन्द गरेर शिक्षक निस्किए भ्रमणमा, विद्यार्थीको बिचल्ली

    स्कुल बन्द गरेर शिक्षक निस्किए भ्रमणमा, विद्यार्थीको बिचल्ली

    3.9K
    Shares

    काठमाडौं । सिन्धुपाल्चोक जिल्लाको इन्द्रावती गाउँपालिका वडा नं ६ स्थीत श्री सीपा तीनघरे संस्कृत उच्च माध्यमिक विद्यालयका शिक्षक तथा विद्यालय व्यवस्थापन समितीका केही पद्धाधिकारीहरु केही दिनका लागि बिद्याल नै बन्द गरेर शैक्षिक भ्रमणमा निस्किएका छन् ।

    कक्षा ११ र १२ को शैक्षिक भ्रमणमा विद्यालयमै भोटे ताल्चा ठोकेर शिक्षकहरु शैक्षिक भ्रमणमा निस्किएका हुन् । कक्षा ११ र १२ को नाम दिइएर लगिएको शैक्षिक भ्रमणमा विद्यालयका कार्यालय सहयोगि देखि कक्षा १ देखि १० कक्षा सम्म पठाउने शिक्षकहरु छन् ।

    कक्षा एक देखि कै शिक्षकहरु भ्रमणमा जाँदा विद्यार्थीहरुको पठन पाठन प्रभावित भएको छ । विद्यालयको पठनपाठन नै बन्द भएपछि विद्यार्थीहरु स्कुल जान र पढ्नबाट समेत बञ्जित भएका छन् । कोरोना भाइरसका कारण लामो समय सम्म पठनपाठन अवरुद्ध भई हाल केही समययता पठ्नपाठन शुरु भएको अवस्थामा विद्यालय नै बन्द गरेर शिक्षक र समितीका पद्धाधिकारीहरु भ्रमणमा जानु अत्यन्तै गलत हो । यो बर्ष मात्रै होइन् गत बर्ष पनि यसरी नै भोटे ताल्चा ठोकेर शैक्षिक भ्रमण गरेर फर्केका थिए ।

    पल्केको तिल्के घरिघरी मिल्के भनेको यही त होला नी, शिक्षकहरु नै निर्लज्ज भएपछि कस्को के नै लाग्छ । १ देखी १० कक्षासम्मका विद्यार्थी चाहीँ पढ्न पर्दैन् ? की भ्रमण भनेपछि पढाउन पनि नपर्ने हो ? शिक्षकहरुको तमासा देखेर लाज पनि पक्कै लजाए होला, कठै बरै ? फेरी यस्ता शिक्षकहरुलाई कारवाही गर्ने निकाय पनि भ्रमणमा होला । अनि कारवाही कस्ले गर्ने ?

    तहगत भ्रमणमा विद्यार्थीलाई समय समयमा लैजानुपर्छ । नयाँ नयाँ खोज र अनुसन्धानका लागि शैक्षिक भ्रमणमा लानु सकारात्मक  हो । तर, तहगत भ्रमणमा सिमित शिक्षक जानुपर्छ । कि सबै तहका विद्यार्थी लाई समेटेर लैजानुपर्छ ।  यसरी सबै शिक्षक भ्रमणमा जाँदा कक्षा १ देखि १० सम्मका विद्यार्थीहरुको पढाइमा बाधा पुग्यो कि पुगेन ?


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2025 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend