काठमाडौं । एसीसी १९ वर्षमुनिको एसिया कपमा नेपाललाई श्रीलंकाले ३२३ रनको दिएको छ । युएईको शारजहा क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको श्रीलंकाले ५० ओभरमा ४ विकेट गुमाएर ३२२ रन बनायो ।
श्रीलंकाका लागि सदिशा राजपाक्षेले सर्वाधिक १३१ रन बनाए । यस्तै ओपनर चामिन्दु विक्रमासिंगेले १११ रन जोडे । ३९ रनमा पहिलो विकेट गुमाएको श्रीलंकाका लागि सदिशा र चामिन्दुले २२३ रनको विशाल स्कोरको साझेदारी गरे ।
ओपनर सेभोन डानिलले १७, दुनिथ वेलालेजले अविजित ३४ रन योगदान गरे । बलिङतर्फ नेपालका मोहम्मद आदिल आलमले २ तथा कप्तान देव खनाल र विवेक यादवले १–१ विकेट लिए । नेपाल यसअघि पहिलो खेलमा १५४ रनले पराजित भएको थियो । समूह बी मा रहेको नेपालले अन्तिम खेल कुवेतसंग मंगलबार खेल्नेछ ।