logo

२०८१ मंसिर ११ मंगलबार

logo
  • मंगलबार, ११ मंसिर २०८१
  • नौ गोल भएको खेलमा सिटीले लेस्टरलाई हरायो 

    नौ गोल भएको खेलमा सिटीले लेस्टरलाई हरायो 

    3.5K
    Shares

    काठमाडौं । म्यानचेष्टर सिटीले इंग्लिस प्रिमियर लिगमा लेस्टर सिटीविरुद्ध आधा दर्जन गोल गर्दै शीर्ष स्थानमा ६ अंकको अग्रता बनाएको छ ।  

    घरेलु मैदानमा इतिहादमा भएको खेलमा लेस्टरलाई ६– ३ ले पराजित गरेको हो । सिटीले पहिलो हाफमा पकड बनाउँदै ४ गोल गर्‍यो । दोस्रो हाफमा ५ गोल भए । सिटीले दुई गोल गर्दा लेस्टरले ३ गोल गर्‍यो । 

    सिटीको लागि रहिम स्टर्लिङले दुई गोल गरे । यस्तै केभिन डि ब्रुयन, रियाद महरेज, इल्काय गुन्डोगान र अमेरिक लोपार्टले १(१ गोल गरे । लेस्टरका लागि जेम्स माडिसन, एडेमोला लुकम्यान र केलेची इहेअनाचोले १–१ गोल गरे । 

    जितसँगै सिटीले शीर्ष स्थानमा  ६ अंकको अग्रता बनाएको  छ । सिटीको १९ खेलबाट ४७ अंक छ । एक खेल कम खेलेको लिभरपुलको १८ खेलबाट ४१ अंक छ । १९ खेल खेलेको चेल्सी ४१ अंक सहित तेस्रो स्थानमा छ । 


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend