logo

२०८१ मंसिर ११ मंगलबार

logo
  • मंगलबार, ११ मंसिर २०८१
  • चेल्सी रोकियो, सिटीलाई आठ अंकको अग्रता

    चेल्सी रोकियो, सिटीलाई आठ अंकको अग्रता

    1.6K
    Shares

    काठमाडौं । शीर्ष स्थानमा रहेको म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई पराजित गर्दै इंग्लिस प्रिमियर लिग फुटबलमा आठ अंकको अग्रता बनाएको छ   ।

    बुधबार राति भ्रमणकारी टोली सिटीका लागि  फिल फोडेनले १६ मिनेटमा  निर्णायक गोल गरेपछि सिटीले १६ औं जित निकालेको हो । खेलको ८८ मिनेटमा सिटीका लोपार्टोले गोल गरेपनी भारले त्यसलाई मान्यता दिएन ।

    गय राति नै भएको खेलमा चेल्सी ब्राइटनसँग १–१ गोलको बराबरी खेल्दै अंक बाँड्न बाध्य भयो । 

    रोमेलु लुकाकुले २८ मिनेटमा गोल गर्दै अग्रता बनाएपनी ब्राइटनका ड्यानी वेलब्याकले खेलको इन्जुरी समयमा गोल गर्दै हार टारे । 

    जितसँगै सिटीले २० खेलबाट ५० अंक बनाएको छ ।  दोस्रो स्थानको चेल्सीको समान खेलबाट ४२ अंक छ । एक खेल कम खेलेको लिभरपुल ४१ अंक सहित तेस्रो स्थानमा छ  ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend