logo

२०८१ मंसिर १३ बिहिबार

logo
  • बिहिबार, १३ मंसिर २०८१
  • डब्लूएचओको चेतावनीः ‘कोभिडको नयाँ भेरियन्टले संक्रमितको सुनामी ल्याउँदैछ’

    डब्लूएचओको चेतावनीः ‘कोभिडको नयाँ भेरियन्टले संक्रमितको सुनामी ल्याउँदैछ’

    1.6K
    Shares

    एजेन्सी । कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन र डेल्टा भेरियन्टका कारण संक्रमितको सुनामी ल्याउने विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले चेतावनी दिएको छ । युरोप र अमेरिकामा कोभिड संक्रमितहरुको संख्या आश्चर्यजनक ढंगले बढिरहेका बेला डब्लूएचओका प्रमुख डा. टेड्रोस एड्हानोम गेहब्रेयससले सो चेतावनी दिएका हुन् । 

    ‘स्वास्थ्य प्रणालीहरू काम गर्न नसक्ने अवस्था पुगेका छन भने स्वास्थ्यकर्मीमा चाप थपेको छ । कोभिडका नयाँ संक्रमणले संक्रमितको सुनामी ल्याउनेछ,’ डा गेहब्रेयससले भने ।

    डब्लूएचओका अनुसार विश्वभर दैनिक नौ लाखभन्दा बढी संक्रमित थपिएका छन् ।संक्रमण फैलिएपछि विभिन्न देशहरुले बुस्टर डोज दिन सुरु गरेका छन् । युरोपका विभिन्न देशहरुमा भने लकडाउन र नयाँ प्रतिबन्धहरु घोषणा गरिएका छन् । 

    फ्रान्स र बेलायतमा अप्रत्यासित रुपमा दैनिक संक्रमितहरुको संख्या बढिरहेको छ । छिमेकी मुलुक भारतको राजधानी नयाँ दिल्लीलगायत केही राज्यमा रात्रीकालीन कर्फ्यूसमेत घोषणा गरिएका छन् । 


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend