logo

२०८१ मंसिर १३ बिहिबार

logo
  • बिहिबार, १३ मंसिर २०८१
  • दिल्लीमा बढ्यो वायु प्रदूषणको गुणस्तर

    दिल्लीमा बढ्यो वायु प्रदूषणको गुणस्तर

    2K
    Shares

    काठमाडौं । भारतको राजधानी नयाँ दिल्लीको वायु प्रदुषण बढेको छ। दिल्लीमा शनिबार एक्युआई ४१ अंकले बढेर ३ सय ६२ मापन गरिएको छ। शुक्रबार दिल्लीमा ३ सय २१ एक्युआई रहेको थियो। 

    वायु प्रदुषण भएसँगै दिल्लीको हावा निकै विषाक्त बनेको छ। तर, वायु गुणस्तर मापन गर्ने एजेन्सीका अधिकारीहरूले मनसुनी सक्रियताका कारण वायुको गुणस्तरमा आगामी तीन दिनसम्म सुधार हुँदै जाने जनाएका छन्।

    दिल्लीस्थित मौसम पूर्वानुमान महाशाखाका अनुसार उत्तर(पश्चिम दिशामा आउने बरफ युक्त हावाका कारण स्थानीय स्तरमा प्रदूषणको स्तर बढिरहेको छ। 

    भारतीय उष्ण देशीय मौसम विज्ञान संस्थाका अनुसार शनिबार हावाको रफ्तार चार किलोमिटर प्रतिघण्टा मापन गरिएको थियो। 

    हाल दिल्लीमा बायु प्रदूषणको स्तर ३ सय ६२, फरीदाबादमा ३ सय ९, गाजियाबादमा ३ सय ५२, ग्रेटर नोएडामा २ सय ८१, गुरुग्राममा ३ सय ४० र नोएडामा ३ सय २१ मापन गरिएको छ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend