एजेन्सी । सिडिएस बिपिन रावत हेलिकोप्टर दुर्घटनामा ट्राई सर्भिस कमेटीको रिपोर्ट छिट्टै वायुसेना प्रमुखलाई सुम्पिइने भारतीय सञ्चार माध्यमले बताएको छ । रिपोर्टमा खराब मौसमलाई यो दुर्घटनाको कारण बताइएको छ । मिडिया रिपोर्टमा स्रोतलाई उद्धृत गर्दै यस्तो दाबी गरिएको छ ।
एयर मार्शल मानवेन्द्र सिंहको नेतृत्वमा बनेको कमिटीले रिपोर्ट तयार गरेको छ । हाल रिपोर्ट लिगल विङ्गसमक्ष कानूनी सल्लाहका लागि पठाइएको छ ।