काठमाण्डौ । भारतमा कोरोनाका कारण एकै दिन ५ सय ३४ जनाको मृत्यु भएको छ । यस्तै २४ घण्टामा ५८ हजार ९७ कोरोना संक्रमित थपिएको भारतीय सञ्चारहरुले जनाएका छन् ।
यो सगैं अहिलेसम्म भारतमा कोरोनाका कारण मृत्यु हुनेको सङख्या ४ लाख ८२ हजार ५५१ पुगेको छ । पछिल्लो समय भारतमा पनि कोरोना संक्रमण दर तीव्र गतिमा बढीरहेको छ ।
अहिलेसम्म भारतमा तीन करोड ५० लाख भन्दा बढीमा कोरोनाको संक्रमण पुष्टि भएको छ । तीमध्ये तीन करोड ४३ लाख भन्दा बढी निको भइसकेका छन् ।
कोरोना संक्रमणदर तीव्र गतिमा बढ्न थालेपछि दिल्लीमा रात्रिकालीन कफ्र्यु लागू गरिएको छ । भारतमा प्रवेश गर्ने यात्रुहरुलाई स्वास्थ्य मापदण्डमा पनि कडाइ गरेको छ ।