logo

२०८१ मंसिर ११ मंगलबार

logo
  • मंगलबार, ११ मंसिर २०८१
  • सात मिनेटमा तीन गोल, रोमाविरुद्ध युभेन्ट्सको रोमाञ्चक जित

    सात मिनेटमा तीन गोल, रोमाविरुद्ध युभेन्ट्सको रोमाञ्चक जित

    2.2K
    Shares

    एजेनसी । सात मिनेटमा तीन गोल गर्दै इटालीयन सिरी ए मा युभेन्ट्सले रोमाविरुद्ध रोमाञ्चक जित निकालेको छ । आइतबार राति भएको खेलमा भ्रमणकारी टोली युभेन्ट्सले दोस्रो हाफमा ७ मिनेटमा ३ गोल गरेपछि तीन अंकसहित ११औँ जित निकालेको हो । 

    १० खेलाडीमा सीमित युभेन्ट्सको जितमा कप्तान पाउलो ड्यबला, मानुयल लाकाटेली, डेजान कुलुसेभ्स्की, माटिया डीले १–१ गोल गरे । रोमाका लागि टमी इब्राहम, हेन्रिख एमखितार्यान र लोरेन्जो पेलेग्रीनीले १९१ गोल गरे । 

    खेलको ८३औँ मिनेटमा लोरेन्जोले पाएको पेनाल्टी सदुपयोग गर्न नसक्दा जोसे माउरिन्होको रोमा हार ब्यहोर्न बाध्य भयो । खेलको ८१औँ मिनेटमा माथिस डि लाईटले रातो कार्ड पाएपछि युभेन्ट्स १० खेलाडीमा सीमित भयो । 

    जितपछि युभेन्ट्सले २१ खेलबाट ३८ अंकसहित पाँचौ स्थानमा छ । समान खेलबाट ३२ अंक बनाएको रोमा सातौँ स्थानमा छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend