logo

२०८१ मंसिर ११ मंगलबार

logo
  • मंगलबार, ११ मंसिर २०८१
  • रंगशालामा गएर खेल हेर्न खोप कार्ड अनिवार्य : एन्फा

    रंगशालामा गएर खेल हेर्न खोप कार्ड अनिवार्य : एन्फा

    2.3K
    Shares

    काठमाडौं । कोरोना संक्रमण दर बढेपछि अबदेखि रंगशालामा खेल हेर्न जाने दर्शकका लागि खोप कार्ड अनिवार्य गरिएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष कर्माछिरिङ शेर्पाले अब रंगशालामा फुटबल हेर्न खोप कार्ड अनिवार्य भएको बताएका छन् ।  हाल राजधानीको दशरथ रंगशालामा भइरहेको सहिद स्मारक ए डिभिजन लिग हेर्न जाने दर्शकले आफूले कोरोना विरूद्धको खोप लगाएको प्रमाणस्वरूप खोप कार्ड देखाउनु पर्ने भएको छ । 

    यस्तै, कीर्तिपुरस्थित त्रिवि मैदानमा जारी प्रधानमन्त्री कप टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगिता र अन्य रंगशलामा अरू हेर्ने जाने दर्शकले पनि अनिवार्य खोप कार्ड बोक्न पर्नेछ । यस्तै, रंगशालाभित्र पसेपछि सामाजिक दूरी कायम हुने हिसाबले बस्नु पर्ने नियम पनि लागु गरिएको छ ।

    गृह मन्त्रालयले माघ ७ गतेदेखि सबै सार्वजनिक निकायमा सेवा प्राप्त गर्न खोप कार्ड अनिवार्य समेत गरेको थियो । यसमा मोबाइलमा फोटोमात्रै भए पनि हुने प्रशासनले भनेको छ । माघ ७ गतेअघि भने दर्शकले खोप कार्ड बिना नै रंगशालामा खेल हेर्न पाउनेछन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend