काठमाडौं, २ माघ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले पशुपति धर्मशालाको अवलोकन गरेपछि अनियमितता गर्ने सानो माछा बिचौलिया माछा ठुलो माछा सबै फन्दामा पर्ने बताएका छन् ।
राजनैतिक पूर्वाग्रह साध्नुभएको छ नि भन्ने प्रश्नमा मन्त्री आलेले भने आफूले राजनीतिक प्रतिशोध कसैमा नसाँधेको बताएका उनले जोसुकैले गलत गरेको भए पनि कारबाही गरेरै छाड्ने प्रतिबद्धता जनाए । मेरै पार्टीका भएपनि आफुले यहिँ गर्ने बताउदै आफुले कुनै पुर्वागह्र नभई जनताको सेवा गर्न लागेको बताए।
छानबिन समितिले सोमबार प्रतिवेदन बुझाएपछि सबै सत्यतथ्य बाहिर ल्याउने बताएका मन्त्री आलेले धर्मशालामा सस्तो र सर्वसुलभ हुनुपर्नेमा एउटा कोठामा एक जना बस्दा पाँच हजार ५०० र दुई जना बस्दा ११ हजार रुपैयाँ लिने गरिएको देखिएको छ उनले भने ।
अवलोकनका क्रममा उनले भारत सरकारले २५ करोड लागतमा निर्माण गरेर नेपाल सरकारलाई हस्तान्तरण गरेको धर्मशालामा बतास समूहले प्रयोग गरेको धर्मशाला सेभेन स्टार होटेल जस्तो बनाएर महँगो पैसा लिएको देखेर आफु सक’ भएको पनि बताए।
मन्त्री आलेले धर्मशालामा अनधिृकत रुपमा पार्टी प्यालेशपनि सञ्चालन गरिएको पाईएको भन्दै उनले आक्रोश पोखेका छन् ।
फोटो : बिशाल चौधरी/ सुनौलो नेपाल