logo

२०८१ मंसिर १३ बिहिबार

logo
  • बिहिबार, १३ मंसिर २०८१
  • युद्ध रोक्ने अन्तिम कोसिसः शुक्रबार रुस र अमेरिकी विदेश मन्त्रीबीच भेटघाट 

    युद्ध रोक्ने अन्तिम कोसिसः शुक्रबार रुस र अमेरिकी विदेश मन्त्रीबीच भेटघाट 

    2.1K
    Shares

    एजेन्सी । युक्रेनमा रुसको हमला रोक्नका लागि सम्भवतः अन्तिम कुटनीतिक कोसिस सुरु भइसकेको छ । अमेरिकाका विदेशमन्त्री एन्टोनी व्लिन्कन  यूक्रेनको राजधानी किभ जादैछन् । यहाँबाट उनी सीधै जेनेभा प्रस्थान गर्नेछन् । यहाँ रुसी विदेश मन्त्री सर्गेइ लाभारोभ उनको प्रतिक्षामा हुनेछन् ।

    दुवै नेताले युक्रेनको विषयमा कुराकानी गर्नेछन् । यसअघि बेलायतले यूक्रेनलाई एन्टी ट्याङ्क बिरोधी हतियार पठाइसकेको छ । क्यानडाले पनि आफ्नो एक प्याराट्रूपर रेजिमेट किभमा पठाउन थालेको छ । पश्चिमी देश  सबै रुसले युक्रेनमाथि गर्न सक्ने सम्भावित हमला रोक्न चाहन्छन् ।

    यसैबीच रुसी सेना अब  बेलारुस पुगेका छन् । नेटो र अमेरिकालाई रुसले पठाएको सेना बेलारुसको जमिन प्रयोग गरेर युक्रेनमाथि हमला गर्नका लागि हुन सक्ने आशंका व्यक्त गरेका छन् । यद्यपि रुसले यी सबै कुराप्रति कुनै प्रतिक्रिया जनाएको छैन ।

    भ्रमण
    अमेरिकी विदेश मन्त्री एन्टोनी ब्लिङ्कनले रुसले यूक्रेनमा हमला गर्नबाट रोक्नका लागि एक किसिमबाट अन्तिम कुटनीतिक मिसन सुरु गरिसकेका छन् । ब्लिङ्कन यूक्रेनको राजधानी किभ पुगिसकेका छन् ।
    यहाँ उनले राष्ट्रपति भ्लादिमिर जेलेस्कीसँग भेटघाट गर्नेछन् । यसपछि उनी बर्लिन पुग्नेछन् । यसपछि मात्रै उनी जेनेभा जानेछन् , जहाँ उनले अमेरिकी विदेश मन्त्रीसँग भेटघाट गर्नेछन् ।

    न्यूयोर्क टाइम्सका अनुसार व्लिकनले रुसलाई यूक्रेनमा हमला नगर्नका लागि सीधा सन्देश दिनेछन् । उनले तनाव कम गर्न पनि सन्देश दिनेछन् । उनले यूक्रेनको सीमा रहेका रुसी सेनालाई सीधै फिर्ता जान आग्रह समेत गर्ने बताइएको छ ।
     
    जुनसुकै समयमा हमला

    ब्लिङ्कन जनेभा पुग्नु पहिले ह्वाइट हाउसकी प्रेस सेक्रेटरी जेन पास्कीले भनिन्, ‘हामीलाई लाग्छ कि रुस कुनै पनि समयमा यूक्रेनमाथि हमला गर्न सक्छ । अमेरिका यो मामिलालाई कुटनीतिक तरिकाबाट सुल्झाउन चाहन्छ ।’
    अर्कातिर रुसका एक वरिष्ठ कुटनीतिज्ञले ब्लिङ्कन–लाभरोभको प्रस्तावित कुराकानीको विषयलाई लिएर आशा गर्न नसकिने बताएका छन् । उनले भने, ‘अब कुनै किसिमको सम्झौताको गुञ्जायस नै छैन ।  तर अमेरिका कुराकानी गर्न चाहन्छ भने हामी एक मौका दिन्छौ ।’
     
    रुसको नयाँ चाल 
    यसैबीच पुटिन सरकारले आफ्ना सयौँ सैनिक बेलारुस पठाएको छ । त्यसैले रुसले यूक्रेनमाथि आफ्नो मुलुकबाट हमला नगरिकन बेलारुसबाट हमला गर्न सक्ने आशंका व्यक्त गरिएको छ । यो सँग जुझ्न यूक्रेन पनि तयारी गरिरहेको छ ।

    एक अमेरिकी अधिकारीले भने, ‘रुसी सैनिक बेलारुस पुगेको समय अत्यन्तै महत्वपूर्ण छ ।’

    यद्यपि रुसले भने आफ्ना सेना सैन्य अभ्यासका लागि बेलारुस पुगेको बताएको छ । बेलारुस पुगेका सैनिकको संख्या १३ हजार छ ।

    रुसको ढाँचाकाँचा अमेरिका र नेटोले अत्यन्त नजिकबाट नियालिरहेका छन् । जवाफी तयारी पनि सुरु भइसकेको छ ।
    हाल। अमेरिकाका सयोगीले यूक्रेनलाई सहयोग गरिरहेको छ ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend