काठमाण्डौ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले स्थानिय तहमा जनप्रतिनिधि विहीनताको अवस्था संविधानले कल्पना नगरेको बताएका छन् । स्थानिय तह निर्वाचनको मिति तोक्न निर्वाचन आयोगले दवाब दिइरहँदा पनि सरकारले कुनै निर्णय नगरेको बेला सत्तारुढ गठबन्धनको मुख्य घटक नेपाली कांग्रेसका महामन्त्री थापाले स्थानिय तहमा जनप्रतिनिधिको रिक्तताको कल्पना नै नगरेको बताएका हुन् ।
सत्ता गठबन्धनभित्र बाटै प्रदेश र प्रतिनिधि सभाको चुनावपछि मात्रै पालिकाको चुनाव गर्ने प्रस्ताव समेत आएपछि महामन्त्री थापाले ट्वीट गर्दै चुनावबारे कुनै पनि निर्णय गर्दा पालिका रिक्त हुन पुगेमा त्यो असंवैधानिक हुने बताएका छन् । थापाले नेपाली कांग्रेसले असंवैधानिक कदम नचाल्ने पनि दाबी पनि गरेका छन् ।