logo

२०८१ पुष २७ शनिबार

logo
  • शनिबार, २७ पुष २०८१
  • राष्ट्रियसभा निर्वाचनः सातै प्रदेशमा मतदान सुरु

    राष्ट्रियसभा निर्वाचनः सातै प्रदेशमा मतदान सुरु

    1.7K
    Shares

    काठमाडौं । राष्ट्रियसभा निर्वाचनका लागि सातै प्रदेशमा मतदान सुरु भएको छ । बिहान ९ बजेपछि मतदान सुरु भएको हो । प्रदेश १ मा विराटनगरमा प्रदेश निर्वाचन कार्यालय  र  वाली संरक्षण प्रयोगशालामा मतदान भइरहेको छ भने मधेस प्रदेशको लागि महेन्द्र नारायण निधि भवन जारी छ । 

    यस्तै वागमती प्रदेशको लागि औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडको सभागृह, गण्डकी प्रदेशको लगी प्रदेश निर्वाचन कार्यालय पोखरामा पनि मतदान भइरहेको छ । यस्तै लुम्बिनी प्रदेशको लागि कर्मचारी मिलन केन्द्र दाङ, कर्णाली प्रदेशको लागि प्रदेश निर्वाचन कार्यालय सुर्खेत र सुदूरपश्चिम प्रदेशको लागि प्रदेश सभा भवन धनगढीमा मतदान जारी छ ।

    राष्ट्रिय सभा निर्वाचनमा २ हजार २५ मतदाताले भोट खसाल्नेछन् । प्रदेश सभा सदस्य र स्थानीय तहका प्रमुख र उपप्रमुख मतदाता रहने व्यवस्था रहेको छ । उनीहरूको मतभार क्रमशः १ भोट बराबर ४८ र  १८ रहेको छ । 

    १९ सिटमा ४३ जनाबीच प्रतिस्पर्धा

    राष्ट्रियसभाको १९ जना सदस्यका लागि ४३ जनाले उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् । सत्तारुढ ५ दलीय गठबन्धनबीच सबै सीटमा चुनावी तालमेल भएको छ भने मधेस प्रदेशमा नेकपा एमाले र लोकतान्त्रिक समाजवादी पार्टीबीच तालमेल भएको छ ।

    गठबन्धनमा १९ सिटमध्ये काँग्रेसले ६, नेकपा माओवादी केन्द्रले र नेकपा एसले ५ ५, जनता समाजवादी पार्टीले २ र राष्ट्रिय जनमोर्चाले १ सीट उम्मेदवार खडा गरेको छ । 

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2025 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend