logo

२०८१ मंसिर ११ मंगलबार

logo
  • मंगलबार, ११ मंसिर २०८१
  • आज नेपाल र मरिससबीच दोस्रो मैत्रीपूर्ण खेल हुँदै

    आज नेपाल र मरिससबीच दोस्रो मैत्रीपूर्ण खेल हुँदै

    4.2K
    Shares

    काठमाडौं । नेपाल र मरिससबीच आज दोस्रो मैत्रीपूर्ण फुटबल खेल हुँदैछ । 

    दशरथ रंगशालामा अपराह्न पौने ५ बजे सुरु हुने खेलमा नेपाल लगातार दोस्रो जित निकाल्ने दाउमा रहनेछ । प्रशिक्षक अब्दुल्लाह अल्मुताईरीले आफ्नो दोस्रो टिमबाट समेत जित चाहन्छन् । 

    पहिलो खेलमा अफ्रिकन प्रतिद्वन्द्वी मौरिसससँग खेलेका १२ खेलाडी दोस्रो खेलमा समेत रहेका छन् । चोटबाट फर्कने प्रयासमा रहेका र अवसरको खोजीमा रहेका खेलाडीका लागि दोस्रो खेल मौका बन्न सक्नेछ ।  

    यता, मौरिसससमेत आफ्ना खेलाडी कोरोनाबाट फर्किने हुँदा उच्च मनोबलमा छ । अढाई वर्षपछि अन्तर्राष्ट्रिय फुटबलमा फर्किएको मौरिसस पहिलो खेलको तुलानामा दोस्रो खेलमा नेपाललाई दबाबमा सृजना गर्ने योजनामा छ । पहिलो खेलमा अफ्रिकन राष्ट्र मौरिसस शारीरिक रुपमा बलियो देखिएको थियो । सोहीअनुुसार उसले पहिलो हाफ आफ्नो नियन्त्रणमा राख्दै दुई राम्रा मौकासमेत सृजना गरेको थियो । यद्यपि मौरिसस फिनिसिङमा चुकेको थियो । 

    गत शनिबार भएको पहिलो मैत्रीपूर्ण खेलमा नेपालले मरिससलाई १(०को जित निकालेको थियो । चोटबाट ‘कमब्याक’ गरेका फरवार्ड विमल घर्ती मगरले निर्णायक गोल गरेका थिए । पछिल्लो फिफा वरीयताअनुसार नेपाल १६९औँ स्थानमा छ भने मौरिसस १७२औँ स्थानमा छ । 


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend