काठमाडौं । गएरातिदेखि देशभर पानी परेको छ । उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपात भएको छ । हिमपातका कारण सुदूरपश्चिमका पहाडी क्षेत्रमा यातायात बन्द भएको छ ।
काठमाडौंमा पनि गएराति मेघगर्जन र चट्याङ्गसहित पानी परेको थियो । बिहानीपख आकाश खुलेर एकछिन घाम लागे पनि अहिले मुशलधारे पानी परेको छ ।
आज दिनभर काठमाण्डौ उपत्यका सहित देशका धेरै ठाउँमा पानी पर्ने र रोकिने क्रम चलिरहने मौसमविद् राजु प्रधानाङ्गले जानकारी दिए ।
भोलिदेखि पश्चिमी क्षेत्रबाट मौसममा सुधार हुन थाल्ने उनको भनाइ छ । पर्सि आइतवारदेखि मात्रै मौसममा सुधार आउने मौसमविद् प्रधानाङ्गले जानकारी दिए ।