काठमाडौँ – बेलायतबाट फर्किदा एयरपोर्टमा रक्सी काण्ड मच्चाएर चर्चामा आएका नेपाल पर्यटन बोर्डका सिईओ धनन्जय रेग्मीले फेरी पर्यटन बोर्डका उपाध्यक्ष चन्द्रप्रसाद रिजाललाई मार्ने र काट्ने धम्की दिएका छन् ।
रेग्मीले नियम विपरित बढी परिणाममा मदिरा ९रक्सी० ल्याएको भन्दै सोध्ने अद्यागमनका कर्मचारीलाई समेत थप्पड हानेका उनले सो बिषयमा जाँचबुझ गर्न बनेको उपसमितिका संयोजक रिजाललाई काट्ने मार्ने धम्की दिन थालेको रिजालले बताएका छन् ।
रिजाल नेतृत्वको उपसमितिले जाँचबुझ गरेर मन्त्रालयलाई प्रतिवेदन बुझाएपछि आक्रोशित रेग्मीले उनलाई मार्छु, काट्छु, तँलाई देखाइदिन्छु भन्दै धम्की दिएको रिजालले बताए ।
शुरुमा छानबिन समितिको संयोजक नबस्न भनेका रेग्मीले ‘छानबिन गरिसकेर प्रतिवेदन बुझाएपछि एक्कासी आफु माथि आक्रमण गरेको । तँलाई म देखाइदिन्छु। तलाई दीर्घ प्रभाव पार्नेगरी मैलेपनि केही गरेर देखाइदिन्छु भन्दै धम्की दिन थालेको रिजालको भनाई छ ।
तर, रिजालले भने बोर्डमा बसेर अहिलेसम्म त्यस्तो नराम्रो काम नगरेको र अरूले हेरिरहेकाले आफूलाई कुनै समस्या नभएको भन्दै रेग्मीको प्रतिबाद गर्ने जनाएका छन् ।
उपाध्यक्ष रिजालले आफ्नो कर्तुत ढाक छोप गर्न धम्क्यायर मात्र नपुगेर पत्र पत्रिकामा समेत भए नभएका कुरा छपाएर आफ्नो र परीवारको सम्मानित सदस्यको इमान्दार छबीलाई समेत बदनाम गर्न खोजेको आरोप रेग्मीमाथि लगाएका छन् ।
गत २३ कात्तिक शनिबार भाइटीकाको दिन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार क्षेत्रमा वर्ल्ड ट्राभल मार्टमा सहभागी भएर फर्किदा उनको ब्यागेजमा विमानस्थल भन्सार कार्यालयले ६ वटा रक्सीका बोतलहरु भट्टाएपछि कारबाहीमा परेका रेग्मीका विभिन्न कर्तुतहरु सार्वजनिक भईरहेका छन्।
रेग्मीले भन्सारबाट नियमविपरित अबैध रुपमा सुन तस्करी गरेर समेत भित्र्याउन खोजेको आरोप समेत उनीमाथि छ । त्रिभुवन विमानस्थल भन्सार कार्यलयका कर्मचारी समेत कुटेर हिड्ने रेग्मीले अबैध रुपमा भित्राउन खोजेको ३० ग्राम सुन जफत गरेर जरिवाना गरिएको जानकारी केहि दिन अगाडी मात्र भन्सार कार्यलयले दिएको थियो ।
पुष ३० गते भन्सार कार्यालयले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई पठाएको विवरणमा विस्कुट आकारका तीन थान सुनका डल्ला जफत गरिएको र बिगो बमोजिम एक लाख ४० हजार ६८५ रुपैया जरिवाना हुने निर्णय भएको जनाइएको छ ।
रेग्मी कतार एयरलायन्सको उडानबाट नेपाल आउँदा २०७४ साल पुष ७ गते अवैध रुपमा सो सुन ल्याएको भन्सार कार्यालयले जनाएको छ ।