logo

२०८१ पुष २७ शनिबार

logo
  • शनिबार, २७ पुष २०८१
  • काठमाडौंमा आजदेखि  फाइजर खोपको दोस्रो मात्रा

    काठमाडौंमा आजदेखि  फाइजर खोपको दोस्रो मात्रा

    2.1K
    Shares

    काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना सङ्क्रमणबाट क्षति न्यूनीकरण गर्नका लागि आज देखि फाइजर खोपको दोस्रो मात्रा लगाउने भएको छ । जिल्ला खोप समन्वय समिति काठमाडौँको गत २० माघको निर्णयअनुसार महानगरपालिकाले फाइजरको दोस्रो मात्रा खोप लगाउने गरी ३२ वटा वडैमा व्यवस्था मिलाएको छ । 

    काठमाडौँ महानगरपालिकाका  अनुसार शनिवारबाहेक बिहान १० बजेदेखि ४ः०० बजेसम्म फाइजरको दोस्रो मात्रामा खोप कार्यक्रम सञ्चालन हुने छ । खोप समन्वय समितिको निर्णयअनुसार वडाले तोकेका सम्बन्धित विद्यालयमा खोप केन्द्रमा लक्षित समूहमा १२ देखि १७ वर्ष उमेर समूहका पहिलो खोप लगाइ २१ दिन पूरा भएका बालबालिकाले मात्र सो खोप लगाउन पाउने छन् । पहिलो मात्रा खोप लगाएको खोप कार्डको साथमा नजिकको खोप केन्द्रमा जानुपर्ने गरी काठमाडौँ महानगरपालिकाले सूचना जारी गरिसकेको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2025 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend