logo

२०८१ पुष २७ शनिबार

logo
  • शनिबार, २७ पुष २०८१
  • प्रचण्डलाई बाबुरामले पाखण्डी दुइजिभ्रे देखि यतिसम्म भन्न भ्याए

    प्रचण्डलाई बाबुरामले पाखण्डी दुइजिभ्रे देखि यतिसम्म भन्न भ्याए

    2.2K
    Shares

    काठमाडौं । जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराईले आफ्ना पूर्वसहकर्मी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ माथि कटाक्ष गरेका छन् ।

    प्रधानमन्त्री शेरबहादुर देउवा र प्रचण्डले एमसिसीलाई लेखेको पत्र बाहिरिएपछि भट्टराईले प्रचण्ड प्रति निकै आक्रामक शब्द प्रयोग गर्दै गम्भीर आरोप समेत लगाएका छन्।  

    भट्टराईले प्रचण्डलाई ‘भित्र खाओवाद, बाहिर माओवादु माछा देखे भित्र हात,सर्प देखे बाहिर हात, पाखण्डी दुइजिभ्रेसम्म भनेका छन्  । 

    कांग्रेस एमसिसी पारित गर्ने पक्षमा रहे पनि सत्ता घटक माओवादी संशोधन बिना पारित गर्न नहुने पक्षमा छ । तर, प्रचण्डसमेतले एमसिसी पारितको समय माग गरेको खुलेको थियो ।

    नेपाली राजनीति पाखण्डी, दुई जिब्रे प्रवृत्तिबाट मुक्त नहुन्जेलसम्म देश नबन्ने भट्टराईले सामाजिक सञ्जालमा उल्लेख गरेका छन् ।’भित्रभित्र राष्ट्रघात बाहिरबाहिर राष्ट्रवाद ! माछा देखे भित्र हात,सर्प देखे बाहिर हात !  भित्र खाओवाद बाहिर माओवाद ! नेपाली राजनीति जबसम्म यो पाखण्डी दुइजिभ्रे प्रवृत्तिबाट मुक्त हुॅदैन तबसम्म देश बन्दैबन्दैन।  एमसीसी जुन  ढंगले गिजोलिदैछ त्यसको परिणाम गम्भीर हुनसक्छ।  अति भए खति हुन्छ है भट्टराईले सामाजिक संजाल ट्वीटमा  लेखेका छ्न् । 


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2025 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend