logo

२०८१ पुष २७ शनिबार

logo
  • शनिबार, २७ पुष २०८१
  • मन्त्री आलेको अर्काे निर्णयः मिनी क्यासिनोको ३८ करोड नतिर्ने ड्रिमल्याण्ड होटल पनि बन्द

    मन्त्री आलेको अर्काे निर्णयः मिनी क्यासिनोको ३८ करोड नतिर्ने ड्रिमल्याण्ड होटल पनि बन्द

    1.5K
    Shares

    काठमाडाैं । क्यासिनो सञ्चालनबापतको साढे ४२ करोड रोयल्टी नतिर्ने दरबारमार्गस्थित होटल याक एण्ड यती बन्द गराएका संस्कृति,पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेले अर्काे निर्णय पनि गरेका छन् ।

    उनले मन्त्रीस्तरीय निर्णयबाट मिनी क्यासिनो सञ्चालन गरिरहेको नेपालगन्जस्थित ड्रिमल्याण्ड होटल पनि बन्द गराएका हुन् । 

    २० भदौ ०६७ मा  मिनी क्यासिनो (आधुनिक मेसिन वा उपकरणबाट खेलाइने खेल) को अनुमति लिएको ह्याप्पी आवरले ड्रिमल्याण्डमा मिनी क्यासिनो सञ्चालन गर्दै आएको थियो  ।

    तर, आर्थिक वर्ष २०७६-७७ सम्मको बक्यौता, आव २०७७-७८ सम्मको इजाजतपत्र नवीकरण दस्तुर र चालु आवको रोयल्टी गरी ३८ करोड १० लाख ४५ हजार  ६६४ रुपैयाँ नबुझाएपछि होटल बन्द हुनुका साथै मिनी क्यासिनोको लाइसेन्स रद्द भएको हो ।

    ड्रिमल्याण्ड होटल पर्यटन विभागको वर्गीकरणमै परेको छैन ।

    ड्रिमल्याण्ड होटल र  आधुनिक मेसिन वा उपकरणबाट खेलाइने खेल बन्द गराउन प्रहरी प्रधान कार्यालयलाई पत्राचार गरिएको छ । लुम्बिनी सरकार प्रदेशलाई  पत्र लेख्दै  उक्त होटल मन्त्रालय वा निकाय अन्तर्गत दर्ता भएको भए  दर्ता खारेज गर्न भनिएको छ ।  ह्याप्पी आवरले महेन्द्रनगर, भैरहवा र काकडभिट्टामा पनि क्यासिनो सञ्चालन गर्दै आएको छ ।

    यसअघि याक एण्ड यतीकाे हाेटलकाे वर्गीकरणस्तर र क्यासिनाेकाे लाइसेन्स रद्द भइसकेकाे छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2025 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend