काठमाडौं, १ फागुन । गठबन्धनले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाविरुद्धको महाअभियोग प्रस्ताव दर्ता गरेपछि प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले पनि सभामुख अग्निप्रसाद सापकोटासहित सर्वोच्च अदालतका केही वरिष्ठतम न्यायाधीशहरुविरुद्ध महाभियोगको तयारी गरेको छ ।
गठबन्धनका ९८ जना सांसदहरुले हस्ताक्षर गरेर प्रधानन्यायाधीश राणाविरुद्ध महाअभियोग प्रस्ताव दर्ता गरेपछि एमालेले पनि आफ्ना सांसदहरुलाई आकस्मिक रुपमा बोलाएर यस्तो तयारी गरेको हो ।
विश्वस्त स्रोतका अनुसार एमालेले सभामुख सापकोटाविरुद्ध महाभियोग दर्ताको तयारी गरेको छ । यसका लागि छलफल गरी अगाडि बढ्ने तयारी एमालेले गरेको छ ।
सर्वोच्च अदालतका प्रधानन्यायाधीश जबरा निलम्बनमा परेपछि वरियतामा माथि रहेका केही न्यायाधीशहरुविरुद्ध एमालेले महाभियोगको तयारी गरेको हो । यो सँगै महाभियोगको अस्त्र हानाहानको अवस्था सृजना हुने देखिएको छ ।