logo

२०८१ मंसिर १३ बिहिबार

logo
  • बिहिबार, १३ मंसिर २०८१
  • रुसले युक्रेनको सीमाबाट केही सेना फिर्ता गर्‍यो

    रुसले युक्रेनको सीमाबाट केही सेना फिर्ता गर्‍यो

    1.8K
    Shares

    एजेन्सी । रसियाले सैन्य अभ्यास सम्पन्न गरेपछि युक्रेनको सीमामा रहेका आफ्ना केही सेनालाई सैन्य अखडामा फिर्ता गर्ने घोषणा गरेको छ । रसियाको  पछिल्लो कदमलाई पश्चिमी राष्ट्रहरूसँगको संकटको समयमा सम्भावित द्धन्द्ध घट्ने संकेतको रुपमा लिइएको छ ।

    युक्रेनसँगको सीमामा रसियाले १ लाख भन्दा बढी सेना परिचालन गरेसँगै रसिया र पश्चिमा देशहरु आपसमा द्वन्द्वमा छन् । सीमामा अखडा बनाएर सेना तैनाथ गर्नु रसियाको अतिक्रमण योजना भएको अमेरिका र अमेरिकी नेतृत्वको सैन्य गठबन्धन नेटोले आरोप लगाउदै आएको छ । तर, सो आरोपलाई अमेरिकी राष्ट्रपति भ्लादिमिर पुटिनले अस्वीकार गर्दै आएका छन् । 

    मंगलबार मात्र रसियाको रक्षा मन्त्रालयका प्रवक्ताले युक्रेन नजिक परिचालन भएको केही फौजले आफ्नो अभ्यास पुरा गरेको र सीमा छोड्न आफ्ना सामान प्याक अप गरेको बताएका थिए । 

    आफ्नो कार्यहरू पूरा गरिसकेपछि दक्षिणी र पश्चिमी सैन्य जिल्लाका एकाइहरूले रेल र सडक यातायातमा लोड गर्न थालिसकेका छन् र आज तिनीहरू आफ्ना सैन्य आधारहरुमा जान थाल्नेछन्,’ रक्षा मन्त्रालयका प्रवक्ता इगोर कोनासेन्कोभले रसियाली समाचार संस्थाहरुसँग भने ।

    रसियाले आज अर्थात १६ फेब्रुबरीमा रसियाले युक्रेनमा अतिक्रमण गर्ने अमेरिकी राष्ट्रपति जोन बाइडेनको दाबी छ । यसबारे उनले आफ्ना गठबन्धन देशहरुलाई पनि जानाकारी गराउँदै आएका छन् । 


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend