logo

२०८१ मंसिर ११ मंगलबार

logo
  • मंगलबार, ११ मंसिर २०८१
  • यु-१८ महिला साफः उद्घाटन खेलमा नेपाल र भारत भिड्ने

    यु-१८ महिला साफः उद्घाटन खेलमा नेपाल र भारत भिड्ने

    3.4K
    Shares

    काठमाडौं । दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले  भारतमा आयोजना हुने यु-१८ महिला च्याम्पियनसिपको खेल तालिका सार्वजनिक गरेको छ । तालिकाअनुसार प्रतियोगिता एक चैत ११ गतेसम्म चल्नेछ ।

    भारतको जमशेदपुरमा हुने प्रतियोगितमा नेपाल, भारत र बंगलादेश गरी तीन टोलीको सहभागिता रहने छ ।

    डबल राउण्ड रोबिनको आधारमा हुने च्याम्पियनसिपमा नेपालले आयोजक भारतविरुद्ध प्रतिस्पर्धा गर्दै प्रतियोगिताको सुरुवात गर्नेछ । नेपाल र भारतबीचको खेल  एक चैत्रमा हुनेछ ।

    ३  चैत्रमा हुने दोस्रो खेलमा नेपालले  बंगलादेशको सामना गर्नेछ । यस्तै, सात गते दोस्रो पटक भारतविरुद्ध प्रतिस्पर्धा गर्नेछ । प्रतियोगिताको अन्तिम खेमलमा नेपालले नौ गते बंगलादेशसँग खेल्ने तालिका छ । प्रतियोगिताको शीर्ष स्थानमा रहने टोलीले उपाधि जित्ने साफले जनाएको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend