logo

२०८१ पुष २७ शनिबार

logo
  • शनिबार, २७ पुष २०८१
  • संसद भवन प्रवेशमा पनि कडाइ

    संसद भवन प्रवेशमा पनि कडाइ

    2.4K
    Shares

    काठमाडाैं । एमसिसीविरुद्ध सत्तासिन दलकै जनवर्गीय संगठन आन्दाेलनमा उत्रिएपछि स्थानीय प्रशासनले नयाँबानेश्वरस्थित संसद भवन र त्यसआसपासका क्षेत्रमा सुरक्षा व्यवस्था कडाइ गरेकाे छ ।

    सत्तासिन दलका जनवर्गीय संगठन, नेपाल बन्द आह्वान गरेका ६ दल र दुई माेर्चा तथा अन्य समूहले संसद भवन अगाडि प्रदर्शन गर्ने कार्यक्रम तय गरेपछि प्रशासनले संसद भवन केन्द्रित सुरक्षा व्यवस्था अपनाएकाे हाे । उपत्यकाका सडकमा बिहानैदेखि सुरक्षाकर्मीकाे बाक्लाे उपस्थित रहेकाे छ ।

    महानगरीय प्रहरी कार्यालयका प्रवक्ता सन्तोष सिंह राठौरले सुरक्षा व्यवस्था कडाइ पारिएकाे बताए ।  बन्द गराउँदै हिँडेकालाई नियन्त्रणमा लिइएको उनले उल्लेख गरे ।

    संसद भवन क्षेत्रमा पनि सुरक्षाकर्मीकाे बाक्लाे उपस्थिति छ । संसद भवन प्रवेशमा पनि कडाइ गर्ने नीति लिइ‍एकाे एक प्रहरी अधिकारीले बताए । संसद भवन प्रवेश गर्नेलाई कडाइका साथ चेकजाँच गरिनेछ ।

    सभामुख अग्नि सापकोटाले आज बिहान ११ बजे कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका छन् । त्यसपछि दिउँसाे १ बजे संसद बैठक बस्नेछ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2025 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend