logo

२०८१ मंसिर १३ बिहिबार

logo
  • बिहिबार, १३ मंसिर २०८१
  • युक्रेनमा जारी तनाव अन्त्य गर्न रुसलाई अमेरिका र जर्मनीकाे अनुरोध

    युक्रेनमा जारी तनाव अन्त्य गर्न रुसलाई अमेरिका र जर्मनीकाे अनुरोध

    1.7K
    Shares

    एजेन्सी । युक्रेनमा जारी तनाव अन्त्य गर्न अमेरिकी राष्ट्रपति जो बाइडेन र जर्मन चान्सलर ओलाफ सोल्जले रुसलाई फेरि अनुरोध गरेका छन् । युक्रेनको सीमाबाट रसियाली सेनाको कुनै उल्लेखनीय फिर्ता नभएको भन्दै तनाव अन्त्यका लागि पहल गर्न उनीहरुले संयुक्त अनुरोध गरेका हुन् ।  

    ‘युक्रेनविरुद्ध रसियाली हमलाको जोखिम अझै उच्च छ । अत्यन्त सावधानी आवश्यक छ’, बाइडेन र सोल्जबीचको टेलिफोनवार्तापछि जर्मन चान्सलरको कार्यलयले जारी गरेको विज्ञप्तिमा भनिएको छ । 

    ‘तनाव अन्त्यका लागि रसियाले वास्तविक कदम चाल्नुपर्छ ’, विज्ञप्तिमा उनीहरुले भनेका छन । युक्रेनविरुद्ध मस्कोले चाल्ने जुनसुकै सैन्य कदमले ‘असामान्य गम्भीर परिणाम निम्त्याउने’ उनीहरुले चेतावनी दिएका छन् । 

    दुवै नेताले युक्रेन संकटको समाधानका लागि कूटनीतिक प्रयास जारी राख्नुपर्ने पुटिनको भनाइलाई स्वागत पनि गरेका छन् । 


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend