logo

२०८१ पुष २८ आइतबार

logo
  • आइतबार, २८ पुष २०८१
  • प्रतिनिधि सभाको बैठक आज, एमसीसीमाथिको छलफल अघि बढाइने

    प्रतिनिधि सभाको बैठक आज, एमसीसीमाथिको छलफल अघि बढाइने

    1.9K
    Shares

    काठमाडौँ । प्रतिनिध सभाको बैठक आज बस्दै छ । अमेरिकी विकास सहयोग मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) प्रस्तावमाथि छलफल अघि बढाउनका लागि आज दिउँसो १ बजेका लागि बैठक बोलाइएको हो ।

    संघीय संसद सचिवालयले सार्वजनिक गरेको बैठकको सम्भावित कार्यसूचीअनुसार प्रधानमन्त्री शेरबहादुर देउवाले गत आर्थिक वर्षको महान्यायाधिवक्ताको वार्षिक प्रतिवेदन पेश गर्ने  पहिलो कार्यसूची रहेको छ । दोश्रो कार्यसूचीमा अर्थमन्त्री जनार्दन शर्माले नेपाल सरकार र अमेरिकी सरकार बीचको एमसीसी अनुदान सहायतामाथि सामान्य छलफल गरियोस् भनी प्रस्ताव गर्ने कार्यसूची तोकिएको छ । 

    प्रतिनिधिसभाको बैठकअघि बिहान साढे ११ बजे नयाँ बानेश्वरमा सभामुख अग्नि सापकोटाले कार्यव्यवस्था परामर्श समिति बैठक बोलाएका छन् । यसअघि यही फागुन १२ र १३ गतेका लागि बोलाइएको प्रतिनिधिसभाको बैठक सरकारको आग्रहमा स्थगित गरिएको थियो ।

    एमसीसी गत आइतबार संसद्मा सरकारका तर्फबाट टेबुल भइसकेको छ । एमसीसीबारे सत्तारूढ र प्रमुख प्रतिपक्षी दलको आ–आफ्नै रणनीति छ । सत्तारूढ नेपाली कांग्रेस एमसीसी संसद्बाट पारित गर्ने पक्षमा उभिँदै आएको छ भने सत्तारूढ मध्येका दुई दल नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले एमसीसी टेबल गर्ने सहमति गरेपनि यथावत् अवस्थामा पास भने हुन नसक्ने अडान लिएका छन् । त्यस्तै, जसपा अनिर्णित रहँदा जनमोर्चा भने सडकमा उत्रिसकेको छ । 

    यसैबीच प्रधानमन्त्री शेरबहादुर देउवाले गठबन्धनलाई छोडेर प्रमुख प्रतिपक्षी नेकपा एमालेसँगको छलफल अघि बढाएका छन् ।  


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    © 2025 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend