काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले जनताले एमसीसी सम्झौताबाट नेपालमा पैसा मात्रै नभई अन्य चिज पनि नेपाल भित्रिन्छ भन्ने डर भएको बताएका छन् ।
प्रतिनिधि सभा बैठकमा एमसीसीबारे सैद्धान्तिक छलफलमा बोल्दै अध्यक्ष लिङदेनले एपसीसीबारे जनतामा डर पैदा गराएको बताएका हुन् । एमसीसी आर्थिक सहायता मात्रै नभई राष्ट्रिय विषय भएकाले यसमा राष्ट्रिय सहमति जुटाउनुपर्ने बताए ।
‘एकतर्फ सडकमा हानाहान छ । संसदको सवैभन्दा ठुलो दलले संसदमै होहल्ला गरेको छ । यस्तो अवस्थामा जनताले चासो राखेको एमसीसी सरकारले सदनमा पेश गरेको छ ।’ उनले भने राष्ट्रिय मुद्धामा राष्ट्रिय सहमति खोज्नुपर्छ ।
संसदबाट गर्ने हरेक निर्णय ठिक नहुने बताउदै अध्यक्ष लिङदिनले भने ‘महाकाली सन्धि पनि राष्ट्रिय हितमा छ भनेर सम्झौता भयो तर अहिले हेर्नु महाकाली सन्धिले कति फाईदा दिएको छ ।’
उनले वैदेशिक सम्बन्धलाई सत्ता चढने सिढिको रुपमा प्रयोग नगर्न उनले सत्ता साझेदार दललाई आग्रह गरे । वैदेशिक सम्बन्धलाई केटाकेटी खेलेजस्तो मान्दा रसिया र युक्रेन जस्तो हुन सक्ने उनले बताए ।