logo

२०८१ पुष २८ आइतबार

logo
  • आइतबार, २८ पुष २०८१
  • बिकसित राजनितिक घटनाक्रमका बारेमा प्रचण्डले विशेष सम्बोधन गर्ने

    बिकसित राजनितिक घटनाक्रमका बारेमा प्रचण्डले विशेष सम्बोधन गर्ने

    2.2K
    Shares

    काठमाडौं । नेपाल सरकार र मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)बीचको सम्झौता संसद्‍बाट पारित गर्न माओवादी केन्द्रले साथ दिएपछि कार्यकर्ता असन्तुष्ट बनेका छन्। 

    १२ बुँदे व्याख्यात्मक घोषणासहितको सम्झौता अनुमोदन गरियोस् भन्ने प्रस्ताव प्रतिनिधिसभाको आइतबारको बैठकले बहुमतले पारित गर्न अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले साथ दिएपछि कार्यकर्ता असन्तुष्ट बनेका हुन् । यसै विषयलाई लिएर प्रचण्डले विशेष सम्बोधन गर्ने उनको सचिवालयले जनाएको छ । 

    ‘एमसिसिको सवालमा आज दिनभरको घटनाक्रमलाई मात्रै नियालेर गहिराई सम्म पुग्न सकिदैन। एकपटक सोचौं हाम्रो देश संगै पार्टी गम्भीर राजनीतिक दुर्घटनाबाट बचेको छ। पार्टी नेतृत्वलाई बिस्वास गरौं  किन भने देश र जनताको हित बाहेक नेतृत्वको अरु कुनै स्वार्थ छैन। धेरै विचार र विवेक पुर्याएर  आजको यो निर्णयमा पुगिएको हो। संयमित भएर परिस्थितिको गाम्भिर्यतालाई बुझौं। नेता कार्यकर्ता तहमा नेतृत्वको बिरुद्ध केहि भ्रम पैदा गराउन खोजिएको छ सचेत होऔं । एमसीसीलगायत बिकसित राजनितिक घटनाक्रमका बारेमा अध्यक्ष कमरेड प्रचण्डले बिशेष सम्बोधन गर्नुहुनेछ।’ प्रचण्डको सचिवालयले भन्यो ।   


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2025 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend