काठमाडौं । आज महाशिवरात्रि। काठमाडौंको पशुपति क्षेत्रमा बिहानैदेखि दर्शनार्धिको घुँइचो लागेको छ । भक्त्तजनहरु भजनर्कीतनदेखि नाचगान गर्ने समूह समूहमा देखिन्छन् ।
महाशिवरात्रिका दिन महादेवको विशेष पूजा गर्ने परम्परा रहेको छ । पशुपतिनाथ परिसरमा सर्वसाधारणदेखि साधु सन्तको घुँइचो लागेको छ ।
शिवरात्रीको अवसरमा पशुपतिनाथ मन्दिरमा देश-विदेशबाट आएका नागा, जोगी, बाबाहरुको उपस्थितिले पनि धेरैलाई आकर्षित गर्छ ।
उनीहरुका थरिथरीका भेषभुषा र हाउभाऊ अवलोकन गर्नेहरुको भिड लाग्ने गरेको छ
हेर्नुहोस् केही तस्वीरहरुः