logo

२०८१ पुष २८ आइतबार

logo
  • आइतबार, २८ पुष २०८१
  • खोटाङमा एमालेले तोक्यो पालिका इन्चार्ज र सहइन्चार्ज

    खोटाङमा एमालेले तोक्यो पालिका इन्चार्ज र सहइन्चार्ज

    3.9K
    Shares

    खोटाङ । नेकपा (एमाले) खोटाङले पालिका इन्चार्ज तथा सहइन्चार्ज तोकेको छ । २३ र २४ पुसमा सम्पन्न सातौं जिल्ला अधिवेशनपछि मंगलबार बसेको पहिलो सचिवालय बैठकले जिल्लाका १० वटै पालिकामा इन्चार्ज र सहइन्चार्ज तोकेको हो ।

    एमाले जिल्ला उपसचिव सुरेन्द्रकुमार राईका अनुसार दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा विणादेवी राई इन्चार्ज तथा दिनेश साम्पाङ र अनिसा खनाल सहइन्चार्ज, हलेसी तुवाचुङ नगरपालिकामा रमेश तिवारी इन्चार्ज तथा किशोर श्रेष्ठ र कुमार बुढाथोकी सहइन्चार्ज तोकिएका छन् । 

    ऐसेलुखर्क गाउँपालिकामा गिरेन राईले इन्चार्ज तथा पुष्पकला भुजेल र गणेश नेपालले सहइन्चार्ज, केपिलासगढी गाउँपालिकामा कृष्णकुमार राईले इन्चार्ज तथा खगेन्द्र गुरुङ र अडिराम राईले सहइन्चार्जको जिम्मेवारी पाएका छन् ।

    खोटेहाङ गाउँपालिका इन्चार्जमा राजन बञ्जरा तथा सहइन्चार्जमा कविता राई र कृष्णकुमार राई, जन्तेढुंगा गाउँपालिका इन्चार्जमा तिलक बस्नेत तथा सहइन्चार्जमा शंखरबहादुर राई र विदुरमान राई तोकिएका छन् । 

    दिप्रुङ चुईचुम्मा गाउँपालिकामा लोकेन्द्र राईले इन्चार्ज तथा भीमबहादुर खत्री र विनोद संसारले सहइन्चार्ज, बराहपोखरी गाउँपालिकामा गोमा मगरले इन्चार्ज तथा रुद्र विष्ट र दिलबहादुर राईले सहइन्चार्ज, रावाबेँसी गाउँपालिकामा लिलानाथ निरौलाले इन्चार्ज तथा खेमराज राई र बाबुराम जोशीले सहइन्चार्ज, साकेला गाउँपालिकामा गोपीकृष्ण खड्काले इन्चार्ज तथा धनपाल राई र शिव बस्नेतले सहइन्चार्जको जिम्मेवारी पाएका छन् ।

    १ सय ९ सदस्यीय जिल्ला कमिटीका पदाधिकारीकाे जिम्मेवारी पनि बाँडफाँट भएको एमालेले जनाएको छ । 


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2025 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend