logo

२०८१ मंसिर १३ बिहिबार

logo
  • बिहिबार, १३ मंसिर २०८१
  • पुटिनलाई जर्मनीले भन्यो- युक्रेन संकट तत्काल समाधान गर

    पुटिनलाई जर्मनीले भन्यो- युक्रेन संकट तत्काल समाधान गर

    1.8K
    Shares

    एजेन्सी । जर्मन चान्सल ओलाफ सोल्जले युत्रेन संकट तत्काल समाधान गर्न रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग आग्रह गरेका छन् । राष्ट्रपति पुटिनसँगको टेलिफोन वार्तामा सोल्जले यस्तो आग्रह गरेका हुन् । 

    एक घन्टा लामो सो वार्तामा चान्सलर सोल्जले  युक्रेनमा जारी रुसी हमला बन्द गर्न आह्वान गर्दै युद्धबाट प्रभावितलाई मानवीय सहयोगका लागि पहुँच स्थापित गर्न पुटिनसँग अनुरोध गरेका थिए । युक्रेनको परमाणु केन्द्रलाई रुसी सेनाले कब्जा गरेको पृष्ठभूमिमा जर्मन चान्सलरले पुटिनसँग टेलिफोन वार्ता गरेका हुन् ।

    रुसी सेनाले युरोपकै ठूलो मानिएको जापोरिज्यास्थित परमाणु केन्द्रमा शुक्रबार आगो लगाइदिएका थिए ।

    आगो लगाइदिएपछि सो केन्द्रलाई रुसी सेनाले कब्जा गरेका छन् । रुसी हमलाको विश्व नेताहरुले निन्दा गरेका छन् । यसैबीच, आगलागी भएपनि त्यहाँबाट कुनै विकिरण नचुहिएको अन्तर्राष्ट्रिय आणविक ऊर्जा निकायका प्रमुखले बताएका छन्। 


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend