logo

२०८१ मंसिर १३ बिहिबार

logo
  • बिहिबार, १३ मंसिर २०८१
  • युक्रेनी राष्ट्रपति जेलेन्स्कीले अमेरिकी सिनेटलाई सम्बोधन गर्ने

    युक्रेनी राष्ट्रपति जेलेन्स्कीले अमेरिकी सिनेटलाई सम्बोधन गर्ने

    2.4K
    Shares

    एजेन्सी । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आज अमेरिकी सिनेटलाई  सम्बोधन गर्ने भएका छन् । जेलेन्स्कीले जुममार्फत अमेरिकी सिनेटरहरुसँग रुसी संकटबारे छलफल गर्ने भएका हुन् । 

    युक्रेनमा युद्ध चर्किरहेका बेला केही अमेरिकी सांसदहरुले राष्ट्रपति जो बाइडेनलाई रुसविरुद्ध कडा कदम चाल्न अनुरोध गर्दै आएका छन् । रुसी तेलको आयातमा प्रतिबन्ध लगाउन उनीहरुले राष्ट्रपतिसँग अनुरोध गर्दै आएका थिए ।

    रुसी तेल आयातमा प्रतिबन्ध लगाउने सम्भावित अमेरिकी कदमले तेलको मूल्य अझ बढी बढ्न सक्ने र मुद्रास्फीतिले थिचिएका अमेरिकी उपभोक्ताहरूलाई अझै असर गर्ने ह्वाइट हाउसको विश्लेषण छ । 

    यसैबीच, रिपब्लिकन सिनेटर लिन्डसे ग्राहमले रुसी राष्ट्रपतिको हत्या गर्न रुसभित्रकै कसैलाई आह्वान गरेका छन् । 


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend