logo

२०८१ पुष २८ आइतबार

logo
  • आइतबार, २८ पुष २०८१
  • राष्ट्रियसभाका नवनिर्वाचित १९ सांसदको शपथ आज

    राष्ट्रियसभाका नवनिर्वाचित १९ सांसदको शपथ आज

    1.7K
    Shares

    काठमाडौँ । राष्ट्रियसभाका नवनिर्वाचित सांसदको शपथ ग्रहण आज हुँदैछ।

    चार वर्षे कार्यकाल सकेर राष्ट्रिय सभाका २० सांसद हिजो बिदा भए पछि गत माघ १२ गते सम्पन्न निर्वाचनबाट निर्वाचित १९ जना सांसदको शपथ आज गराइँदै छ।

    संघीय संसद् सचिवालयकाअनुसार आज बिहान ११ बजे सिंहदरबारमा शपथ ग्रहण कार्यक्रम हुनेछ। शपथपछि निर्वाचित सदस्यको कार्यकाल सुरु हुनेछ।

    एक जना भने सरकारको सिफारिसमा राष्ट्रपतिले मनोनीत गर्ने संवैधानिक व्यवस्था छ ।

    आज शपथ लिन लागेका सांसहरुमा नेपाली कांग्रेसका ६, नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) का पाँच–पाँच रहेका छन् ।

    यसैगरी नेकपा एमाले, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाका एक–एक जना छन्।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2025 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend