logo

२०८१ पुष २८ आइतबार

logo
  • आइतबार, २८ पुष २०८१
  • यस्तो छ आगामी तीन दिनको मौसम पूर्वानुमान

    यस्तो छ आगामी तीन दिनको मौसम पूर्वानुमान

    1.2K
    Shares

    काठमाडौं । हाल देशमा उल्लेखनीय मौसमी प्रणाली छैन। देशको पहाडी तथा हिमाली भू–भागमा आंशिक बदली रही बाँकी भू–भागहरूमा मौसम सामान्यतया सफा रहेको छ।

    आइतबार देशको सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र प्रदेश १ मा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने छ। 

    सोमबार भने देशको सुदूरपश्चिम, कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागमा आंशिकदेखि सामान्य बदली रही अन्य प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने छ । साथै गण्डकी र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना छ।

    मंगलबार पनि देशको सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र बाग्मती प्रदेशमा आंशिक बदली रही बाँकी अन्य भूभागमा मौसम सामान्यतया सफा रहने छ । साथै कर्णाली र लुम्बिनी प्रदेशका पहाडी भूभागका एक वा दुई स्थानमा हल्का मेघ गर्जनरचट्याङसहित वर्षाको सम्भावना रही गण्डकी र प्रदेश १ को उच्च पहाडी तथा हिमाली भूभागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2025 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend