अछाम । नेपाली कांग्रेस अछामको सभापतिमा पुष्प शाह विजयी भएका छन् । दोस्रो चरणको मतदानमा प्रतिद्वन्दी भरतकुमार स्वाँरलाई ६८ मत अन्तरले पराजित गर्दै शाह सभापतिमा विजयी भएका हुन्।
चुनावमा कुल १ हजार ४ सय ९७ मत खस्दा शाहले ७ सय ७९ मत ल्याए । प्रतिस्पर्धी निर्वतमान सभापति स्वाँरले ७ सय ११ मत प्राप्त गरे । ७ मत बदर भएका छन् ।
पहिलो चरणमा कुनै पनि उम्मेदवारले ५१ प्रतिशत मत ल्याउन नसकेकाले सभापतिका लागि साेमबार मतदान भएको थियो ।