logo

२०८१ मंसिर १३ बिहिबार

logo
  • बिहिबार, १३ मंसिर २०८१
  • युक्रेनको दाबी : रुसी सेनाका एक ठूला अधिकारी खारकिभ लडाईँमा मारिए

    युक्रेनको दाबी : रुसी सेनाका एक ठूला अधिकारी खारकिभ लडाईँमा मारिए

    2.2K
    Shares

    एजेन्सी । युक्रेनी सेनाको सैन्य गुप्तचर सेवाले खारकिभको नजिकै भएको लडाईंका बेला एक रुसी सेनाका शीर्ष कमान्डरको मृत्यु भएको दाबी गरेको छ ।

    बीबीसीले यो दाबीलाई स्वतन्त्र रुपमा पुष्टि नगरेको बतायो । रुसी अधिकारीले यसबारे कुनै टिप्पणी पनि गरेका छैनन् ।

    युक्रेनको रक्षा मन्त्रालयको बयान अनुसार विताली गेरासिमोफ मेजर जनरल थिए र उनी ४१ औँ आर्मी अफ द सेन्ट्रल मिलिट्री डिस्ट्रिक्ट अफ रसियाका फर्स्ट डेप्युटी कमान्डर र चिफ अफ स्टाफ थिए ।

    यो लडाईंमा थुप्रै वरिष्ठ सैन्य अधिकारी मारिएको र थुप्रै घाइते भएको बताइएको छ ।

    युक्रेनी गुप्तचर एजेन्सीका अनुसार गेरासिमोफले दोस्रो चेचेन्या युद्ध र सिरियामा रुसी सैन्य अभियानमा भाग लिएका थिए । उनले ‘फर द रिटर्न अफ क्राइमिया’ मेडल पनि पाएका थिए ।

    युक्रेनी अधिकारीले एउटा फोटो ट्वीट गरेको छ जसमा एक व्यक्तिलाई गेरासिमोव बताइएको छ ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend