logo

२०८१ पुष २८ आइतबार

logo
  • आइतबार, २८ पुष २०८१
  • मौसम पूर्वानुमान : आज मौसम सफा, भोलि चट्याङसहित वर्षा

    मौसम पूर्वानुमान : आज मौसम सफा, भोलि चट्याङसहित वर्षा

    3.1K
    Shares

    काठमाडाैं । हाल देशमा उल्लेखनीय मौसमी प्रणाली छैन । माैसम पूर्वानुमान महाशाखाका अनुसार बिहान प्रदेश १ र मधेस प्रदेशमा आंशिकदेखि सामान्य बदली छ।  बाँकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही अन्य भुभागमा मौसम सामान्यतया सफा छ ।

    दिउँसो पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने आँकलन माैसम पूर्वानुमान महाशाखाले गरेकाे छ । राति सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा आंशिक बदली रही अन्य भूभागमा मौसम सामान्यतया सफा रहने छ।

    बिहीबार सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका पहाडी भूभागमा अपराह्नपछि एक-दुई स्थानमा मेघगर्जन र चट्टयाङसहित हल्का वर्षाको सम्भावना छ । कर्णाली प्रदेश, गण्डकी प्रदेश र प्रदेश १ का एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2025 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend