logo

२०८१ माघ ९ बुधबार

logo
  • बुधबार, ९ माघ २०८१
  • डिजिटल च्यानल मार्फत ग्राहकहरुको आवश्यकता पूरा गर्न अग्रसर एन आई सी एशिया बैंक

    डिजिटल च्यानल मार्फत ग्राहकहरुको आवश्यकता पूरा गर्न अग्रसर एन आई सी एशिया बैंक

    4K
    Shares
    डिजिटल च्यानल मार्फत ग्राहकहरुको आवश्यकता पूरा गर्न अग्रसर एन आई सी एशिया बैंक

    काठमाडौं । देशका विभिन्न स्थानहरुमा बैंकिङ्ग पहुँच पुर्याईरहेको एन आई सी एशिया बैंकले आफ्ना सेवा तथा सुविधाहरु अधिकतम प्रविधिमैत्री बनाई डिजिटल बैंकिङ्गको लक्ष्यअनुरुप विस्तार गर्न अग्रसर भइरहेको छ । विभिन्न आधुनिक प्रविधिहरु मार्फत डिजिटल बैंकिङ्ग सेवा तथा सुविधाहरु आम जनमानसमा बैंकले लगिरहेको छ । बैंकको ‘डिजिटल फस्ट बैंक’ बन्ने दीर्घकालीन रणनीति अनुरुप सकेसम्म धेरै सेवा तथा सुविधाहरु डिजिटल बनाउन लागिएको बैंकले जनाएको छ ।

    ‘बैंक पनि साथी पनि, राम्रो पनि हाम्रो पनि’ भन्ने नारा सहित सर्वसाधारणमाँझ लोकप्रिय बनेको एन आई सी एशिया बैंकले पछिल्लो समय ग्राहकले घर तथा अफिसबाट जुनसुकै समयमा बैंकिङ्ग विभिन्न सेवा लिन सकिने बनाएको छ । बैंकले आफ्ना बैंकिङ्ग सेवा तथा सुविधाहरू बैंक मार्फत प्रदान गर्दै आइरहेकोमा यसलाई थप विस्तारित बनाउँदै जुनसुकै स्थानबाट, जुनसुकै समयमा पनि बैंकिङ्ग सेवाहरू उपभोग गर्न मिल्ने हिसाबले सेल्फ हेल्प तथा लाइफ स्टाइल बैंकिङ्गको अवधारणा अङ्गीकार गर्ने रणनीति लिएको छ ।

    डिजिटल कारोबार र भौतिक कारोबारको मिश्रण नेपालको बैंकिङ्ग क्षेत्रकै सर्वाधिक उच्च रहेको बैंकले दाबी गर्दै आएको छ । बैंकले नविनतम प्रविधिद्वारा बैंकिङ्ग सेवा तथा सुविधा प्रदान गर्दै आइरहेको छ ।

    एन आई सी एशिया मोब्यांक तथा आइटच
    एन आई सी एशिया मोब्यांक बैंकको मोबाइल बैंकिङ्ग एप हो । जसमा अन्तर बैंक रकम स्थानान्तरण, खाताको जानकारी, एकाउण्ट स्टेटमेन्ट, आन्तरिक रेमिट्यान्स पठाउने एवं बुझने, मुद्दती निक्षेप खोल्ने, बैंकका शाखा तथा एटिएमको स्थान पत्ता लगाउने, मोबाइल टपअप, अनलाइन टिकेटिङ, युटिलीटि बिल भुक्तानी, QR  भुक्तानी, आफ्नो गुनासोको सुनुवाई, विभिन्न कम्पनीहरूले जारी गर्ने प्रारम्भिक शेयर (IPO) मा आवेदन दिन मिल्ने सुविधा उपलव्ध छन् । महत्वपुर्ण कुरा के छ भने एन आई सी एशिया बैकं प्रयोगकर्ताले कार्डबिनै (Cardless Withdrawal) एटिएमबाट नगद रकम झिक्न सकिने सुविधा समेत यसै एप मार्फत बैंकले ल्याएको छ । बैंक एपमा रहेको (costmore care)  बाट ग्राहकले आफ्ना समस्या तथा जिज्ञासालाई यथोचित  सम्बोधन गरि ग्राहकका समस्या समाधान गर्ने गरेको छ । हालसम्म एन आई सी एशिया बैंकको एप १२ लाख भन्दा बढी पटक डाउलोड भएको छ भने साढे ५ लाख सक्रिय प्रयोगकर्ताहरु रहेको सिईओ रोशन कुमार न्यौपानेले बताए ।
    आइटच बैंकको इन्टरनेट बैंकिङ्ग सेवा प्रदायक च्यानल हो । यसमार्फत अन्तर बैंक रकम स्थानान्तरण, आफ्नो खाताको जानकारी, एकाउण्ट स्टेटमेन्ट, मोबाइल टपअप, युटिलीटि बिल भुक्तानी लगायतका सुविधाहरू उपभोग गर्न सकिन्छ ।

    आईसर्भ डिजिटल सेवा
    बैंकले ‘डिजिटल फष्ट’ बन्ने रणनीति अनुरुप ‘आइसर्भ डिजिटल सेवा’ सञ्चालनमा ल्याएको छ । यस सेवाको प्रयोग गर्ने ग्राहकलाई निक्षेप तथा चेक जम्मा गर्न बैंक शाखासम्म पुगेर भौतिक फारम भर्ने झन्झटको अन्त्य गरिदिएको छ । बैंकिङ्ग सेवा उपभोग गर्न मिल्ने गरी ‘सेल्फ हेल्प’ बैंकिङ्गको अभ्यासलाई आईसर्भ प्लेटफर्म मार्फत अघि बढाइएको छ ।
    मोबाइल बैंकिङ्ग सम्बन्धि सेवा, ग्राहक सम्बन्धी सेवा, टेलर सेवा र कार्ड सम्बन्धी सेवा गरि ४ विधा भित्र २० ओटा सुविधाहर उपलव्ध गराएको छ ।  मोबाइल बैंकिङ्ग सम्बन्धि सेवाहरूले नयाँ आवेदन, अनब्लक, ब्लक तथा पिन÷पासवर्ड रिसेट गर्छ भने  ग्राहक सम्बन्धी सेवाले ब्यालेन्सको जानकारी दिने, चेक बुक आवेदन, ब्यालेन्स सर्टिफिकेट आवेदन, एकाउन्ट स्टेटमेन्ट आवेदन, मर्चेन्ट आवेदन, मेरो शेयर तथा सिआरएन आवेदन, बचत योजना परिवर्तन र (Stop Cheque Payment ) काम गर्दछ ।
    टेलर सेवाले नगद तथा चेक डिपोजिट भौचर भर्ने काम गर्छ भने कार्ड सम्बन्धी सेवाले ई–कमर्श दर्ता, कार्ड ब्लक, कार्ड आवेदन, प्रिपेड डलर कार्ड आवेदन लगाएतका कार्ड सम्बन्धि सम्पुर्ण काम गर्छ ।
    आईसर्भ आफैमा एउटा भर्चुअल बैंक हो । अनेकौ सुविधाले यसलाई एउटा बैंकको रुप बनाएको छ । यो नेपालको बैंक क्षेत्रमा पहिलो पटक एन आई सी एशिया बैंकले ल्याएको हो । आगामी दिनमा अधिकतम डिजिटल सेवा दिएर डिजिटल फष्ट बैंक बन्ने बैंकले अठोट गरेको छ ।
    बैंकले जुनसुकै स्थानबाट, जुनसुकै समयमा बैंकिङ्ग सेवाहरू उपभोग गर्न मिल्नगरि सेल्फ हेल्प बैंकिङ्गको अभ्यासलाई आईसर्भ मार्फत अघि बढाईरहेको छ ।

    बैंकका डिजिटल च्यानलहरु एनसेल डेटामा निःशुल्क
    बैंकले डिजिटल बैंकिङ्गमा धेरै भन्दा धेरै ग्राहकहरुलाई अभ्यस्त पार्नका लागि डिजिटल सुविधाहरु मोबाइल सेवा प्रदायक एनसेलको डेटा मार्फत चलाउदा निःशुल्क हुने व्यवस्था गरेको छ । जसअनुसार एन आई सी एशिया मोब्यांक, इन्टरनेट बैंकिङ्ग (आइटच), आइसर्भ, वेबसाइट लगायतका डिजिटल च्यानलहरु एनसेलको सीमबाट डाटा लिएर चलाउदा कुनै ब्यालेन्स वा डेटा प्याक खर्च हुँदैन । बैंकका सेवाग्राहीहरु हरेक कामका लागि बैंकको शाखा पुग्न नपरोस् भन्ने हेतुले बैंकले आफ्नो वेबसाइटमा रहेको डिजिटल सेवामार्फत विभिन्न सेवा लिन सकिने व्यवस्था मिलाएको हो । बैंकले ल्याएको यस नवीन सुविधाले धेरै भन्दा धेरै ग्राहक महानुभावहरूलाई डिजिटल कारोबारमा अभ्यस्त पार्ने बैंकको विश्वास रहेको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2025 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend