logo

२०८१ पुष २९ सोमबार

logo
  • सोमबार, २९ पुष २०८१
  • युक्रेनमा रुसी हमला : लत्ताकपडा, विद्युतीय सामानदेखि तेल र चिनीको भाउ आकाशियो

    युक्रेनमा रुसी हमला : लत्ताकपडा, विद्युतीय सामानदेखि तेल र चिनीको भाउ आकाशियो

    1.7K
    Shares

    एजेन्सी । युक्रेनमाथि रुसले हमला गरेसँगै सर्बसाधारण युक्रेनीको जीवन त कस्टकर  बनेको छ , तर युद्धको असरमा रुसमा पनि गहिरो देखिएको छ । युक्रेनको युद्धको विरोधमा एउटा रुसी समूह खुलेरै सडकमा उत्रिएको छ भने अधिकांश मानिस मंहगी र अभावसँग जुधेका छन् । 

    युक्रेनमा रुसी हमलापछि पश्चिमा देशहरुले मस्कोमाथि विभिन्न प्रतिबन्ध लगाएका छन् । रुस निर्यात हुने सामाग्रीहरुमा प्रतिबन्ध लाग्दा त्यसको मारमा सबैभन्दा बढी सर्वसाधारण रुसी परेका छन् । राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनलाई निशस्त्रीकरण गरेको भन्दै रुसी कदमको बचाउ गरे पनि पश्चिमा देशहरुले पुटिनले युद्धका बहाना गरेकोे बताउँदै आएका छन् । 

    रुसमाथि पश्चिमा देशहरुले वित्तिय दण्ड दिएका छन् ।  अन्तर्र्राष्ट्रिय कम्पनीले त्यहाँको सञ्चालन स्थगित गर्दा रुसीहरुको दैनिकीमा असर परेकाे छ । जीवनयापनको खर्च बढिरहेको छ । रोजगारी गुम्ने जोखिम बढ्दो छ  । धेरै वित्तीय संस्थाहरू रुसबाट अलग भएका छन् ।

    पकाउने तेल, चिनी र अन्य आधारभूत उत्पादनको मूल्य बढिरहेको छ । उपभोत्ता मूल्य २ दशमलब २ प्रतिशतले बढेको छ । 

    मस्को र अन्य सहरका पसलहरूले औषधि र अन्य केही वस्तुको बिक्रीमा रोक लगाएको छ ।

    २४ फेब्रुवरीदेिख सुरु भएकाे रुसी हमलापछि रुसी मुद्रा रुबलको मूल्यमा गिरावट आएको छ । २० फेब्रुबरीसम्म ५ हजार ५०० रुबलमा अर्डर गरेको किराना सामानको मूल्य  ८ हजार रुबल रहेको इयूका बासिन्दा जानले बताएका छन् । त्यस्तै चिनीको मूल्य २० प्रतिशत  बढेको छ ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2025 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend