logo

२०८१ पुष २९ सोमबार

logo
  • सोमबार, २९ पुष २०८१
  • यु-१८ महिला साफ च्याम्पियनसिपः भारतसँग नेपाल पराजित

    यु-१८ महिला साफ च्याम्पियनसिपः भारतसँग नेपाल पराजित

    1.7K
    Shares

    काठमाडौं । यु १८ महिला साफ च्याम्पियनसिपको पहिलो खेलमा नेपाल आयोजक भारतविरुद्ध ७–० अन्तरले पराजित भएको छ । 

    जम्सेदपुरमा सम्पन्न खेलमा भारतले १४औं मिनेटमा सुजिस पोट्टेकाटले गरेको गोलबाट अग्रता बनाएको थियो । त्यसको तीन मिनेटपछि घरेलु टोलीकी लिन्डा कमले अग्रता दोब्बर पारिन् । त्यस्तै, ३५औं मिनेटमा लिन्डाले नै गोल गर्दै भारतलाई ३–० को अग्रता दिलाइन् ।

    पहिलो हाफमा ३–० ले अघि रहेको भारतले दोस्रो हाफमा चार गोल थप्दै च्याम्पियनसिपमा सानदार सुरुआत गर्यो । अपुर्ना नार्जारीले ६८औं मिनेटमा गोल गर्दै घरेलु टोलीको अग्रतालाई अझ फराकिलो पारिन् । नार्जारी खेलको ५३औं मिनेटमा लिन्डा कमको स्थानमा मैदान प्रवेश गरेकी थिइन् । 

    यस्तै, ७६औं मिनेटमा भारतकी पुर्णिमा कुमारीले पाँचौ र खेल सकिन चार मिनेट बाँकी रहँदा सुनिता मुन्डाले छैटौं गोल गरिन् । खेलको इन्जुरी समयमा नितु लिन्डाले भारतका लागि सातौं गोल गर्दै घरेलु टोलीको सानदार जित निश्चित गरिन् ।

    खेलभर रक्षात्मक बनेको नेपालले एउटा पनि गतिलो आक्रमण बनाउँन सकेन । डबल राउन्ड रोविन लिग पद्दतीमा सञ्चालन भइरहेको प्रतियोगितामा आयोजक भारतसहित नेपाल र बंगलादेश सहभागी छन् ।

    नेपाली टोलीको मुख्य प्रशिक्षकमा भक्तराज लावत छन् भने कप्तानीको जिम्मेवारी प्रिती राईलाई सुम्पिएको छ ।

    दोस्रो खेलमा चैत तीन गते नेपालले बंगलादेशसँग खेल्नेछ । यस्तै, पाँच गते भारत र ६ गते बंगलादेशसँग प्रतिस्पर्धा गर्नेछ । साफ यु १८ महिला च्याम्पियनसिपको तालिकामा सर्वाधिक अंक जोड्ने टोली च्याम्पियन बन्नेछ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2025 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend