logo

२०८१ पुष २९ सोमबार

logo
  • सोमबार, २९ पुष २०८१
  • युक्रेनबाट ३० लाखभन्दा बढी मानिस बाहिरिए, झण्डै आधा बालबालिका : राष्ट्र संघ

    युक्रेनबाट ३० लाखभन्दा बढी मानिस बाहिरिए, झण्डै आधा बालबालिका : राष्ट्र संघ

    1.8K
    Shares

    न्यूयोर्क । संयुक्त राष्ट्रसंघले रुसी सेनाले युक्रेनमा जारी राखेको आक्रमणका कारण करिव १४ लाख बालबालिकाले युक्रेन छाडेको बताएको छ।

    २४ फेब्रुवरीदेखि हालसम्म हिसाब गर्दा हरेक एक सेकेन्डमा एक जना बालका÷ बालिका शरणार्थी बनेका पाइएको छ । इन्टरनेसनल अर्गनाइजेसन फर माइग्रेन्सन ९आईओएम० ले जारी गरेको ताजा तथ्यांकअनुसार युक्रेनबाट ३० लाखभन्दा बढी मानिस देश छोड्न बाध्य भएका छन् । तीमध्ये झण्डै आधा बालबालिका छन् ।

    ‘पछिल्लो २० दिनमा औषतमा युक्रेनमा हरेक दिन ७० हजार बालबालिका शरणार्थी बनेका छन्, ’राष्ट्रसंघको बालबालिकासम्बन्धी निकाय यूनिसेफका प्रवत्ता जेम्स इल्डरले भने ।

    ‘गति र मापनको हिसाबले यो संकट दोस्रो विश्वयुद्ध पछि अभूतपूर्व हो,’उनले भने। युद्ध र द्वन्द्वका कारण आफ्नो घरबाट निकालिएका सबै बालबालिकाहरू जस्तै ती सीमावर्ती देशहरूमा पुगेका युक्रेनी बालबालिकाहरू पारिवारिक बिछोड, हिंसा, यौन शोषण र बेचबिखनको ठूलो जोखिममा छन्। ‘उनीहरूलाई सुरक्षा, स्थायित्व र बाल संरक्षण सेवाहरूको आवश्यकता छ’ उनले भने ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2025 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend