logo

२०८१ पुष २९ सोमबार

logo
  • सोमबार, २९ पुष २०८१
  • गर्मी बढ्दै , केही स्थानमा हल्का वर्षाको सम्भावना

    गर्मी बढ्दै , केही स्थानमा हल्का वर्षाको सम्भावना

    3.1K
    Shares

    काठमाडौं । हाल देशमा उल्लेखनीय मौसमी प्रणाली छैन । देशका पहाडी भूभागमा आंशिक बदली र अन्य भूभागमा मौसम सामान्यतया सफा रहेको छ। देशभर तापक्रम बढ्ने क्रममा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

    शुक्रबार काठमाडौँको अधिकतम तापक्रम ३१.३ डिग्री सेल्सियस पुगेको थियो । धरानमा सर्वाधिक ३७.२ डिग्री सेल्सियस रहेको थियो भने जनकपुरमा ३७ डिग्री सेल्सियस, घोराहीमा ३६.८ डिग्री सेल्सियस र विराटनगरमा ३६.२ डिग्री सेल्सियस रहेको थियो । अन्य क्षेत्रमा पनि तापक्रम वृद्धि भएको महाशाखाले तथ्याङ्कले देखाएको छ ।

    महाशाखाका अनुसार शनिबार देशको पहाडी भूभागमा आंशिक बदली र अन्य भूभागमा मौसम सामान्यतया सफा रहने छ। देशका पहाडी भूभागका एक वा दुई स्थानमा मेघगर्जन चट्याङसहित हल्का वर्षाको सम्भावना छ। आइतबार सुदूर पश्चिम, कर्णाली र गण्डकी प्रदेश लगायत बाँकी प्रदेशको पहाडी भूभागमा आंशिक देखि सामान्य बदली र अन्य भूभागमा आंशिक बदली रहने छ। देशका पहाडी भूभागका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ।

    सोमबार पनि पहाडी भू(भागमा आंशिक बदली रही अन्य भूभागमा सामान्यतया रहने छ। देशका पहाडी भूभागका एक-दुई स्थानहरूमा मेघगर्जनरचट्याङसहित हल्का वर्षाको सम्भावना छ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    © 2025 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend