एजेन्सी । संयुक्त राष्ट्रसंघका अनुसार मार्च १७ सम्म युक्रेन युद्धमा कम्तीमा ८१६ सर्वसाधारण मारिएका छन् भने १ हजार ३३३ जना घाइते भएका छन् । संयुक्त राष्ट्र मानव अधिकार कार्यालय (ओएचसीएचआर) का अनुसार भीषण बमबारीमा सबैभन्दा बढी मानिसको मृत्यु भएको छ।
यसमा भारी आर्टिलरी फायरिङ, धेरै रकेट प्रक्षेपण प्रणाली बमबारी, मिसाइल आक्रमण र हवाई हमलाहरू समावेश छन्। संयुक्त राष्ट्रसंघले डरलाग्दो आक्रमणबाट प्रभावित धेरै सहरहरूको तथ्याङ्क प्राप्त गर्न नसकेका कारण मृत्यु हुनेको वास्तविक सङ्ख्या धेरै हुनसक्ने बताएको छ। ती मध्ये मारियुपोल सामेल छ।