logo

२०८१ पुष २९ सोमबार

logo
  • सोमबार, २९ पुष २०८१
  • चीनमा एक वर्षपछि पहिलो पटक कोरोना भाईरसबाट २ जनाको मृत्यु

    चीनमा एक वर्षपछि पहिलो पटक कोरोना भाईरसबाट २ जनाको मृत्यु

    3.4K
    Shares

    काठमाडौं । चीनमा कोभिडका कारण दुई जनाको मृत्यु भएको छ । एक वर्षपछि चीनमा पहिलो पटक कोभिडका कारण मृत्यु भएको जनाइएको छ । कोभिडको नयाँ भेरियन्टका कारण चीनमा संक्रमितको संख्या दिनहुँ बढिरहेको छ ।

    दुबै मृत्यु उत्तरपूर्वी प्रान्त जिलिनमा भएको देशको राष्ट्रिय स्वास्थ्य आयोगले जनाएको छ । कोभिडबाट सो प्रान्त बढी प्रभावित छ । कोभिडपछि सो प्रान्तका विभिन्न सहरहरुमा  लकडाउन र अन्य कडा प्रतिबन्ध लगाइएका छन् । 

    चीनमा कोभिडका कारण अहिलेसम्म ४ हजार ६३८ जनाको मृत्यु भएको छ । शनिबार चीनमा एकै दिन ४ हजार ५१ जना नयाँ संक्रमित देखिएका थिए ।

    यो अघिल्लो दिनभन्दा तुलनात्मक रुपमा थोरै सख्ंया हो । शुक्रबार ४ हजार ३६५ जनामा संक्रमण देखिएको थियो । तीमध्ये आधाभन्दा बढी संक्रमित जिलिनमा देखिएका थिए । 

    चीनमा अन्य देशको तुलनमा कोभिडका कारण मृत्यु हुनेको संख्या थोरै छ । बेइजिङको कम्युनिष्ट नेतृत्वले न्यून मृत्यु दरलाई उसको एक–दलीय शासन मोडेलको बलियो प्रमाणको रूपमा प्रचार गरेको छ । 

    नयाँ मृत्युदर त्यहाँको स्वास्थ्य आयोगको दैनिक रिपोर्टमा लुकाइएको थियो । राज्य नियन्त्रित सञ्चार माध्यमहरुले त्यसबारे केही वर्णन गरेका थिए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    © 2025 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend